पोखरा । साताको २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वास्थ्यकर्मीका हकमा भने विभेदकारी देखिएको छ । सरकारी, तथा अर्धसरकारी एवं निजी संघ संस्थामा जेठ १ गतेबाट साताको २ दिन सार्वजनिक बिदा दिने भए पनि अस्पतालका कर्मचारीलाई भने यसले नछुने भएको छ ।
बिदाका दिनहरुमा समेत अस्पतालमा बहिरंग सेवा सञ्चालन, आलोपालो ड्युटी सञ्चालन गर्ने सरकारी निर्णय छ । तर आलोपालो ड्युटी गर्नेका हकमा कुनै सुविधा किटान गरिएको छैन ।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीले विज्ञप्ति नै निकालेर सरकारको निर्णय विभेदकारी भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । अध्यक्ष नारायण बरालले जारी गरेको विज्ञप्तिमा यस्ता निर्णयले स्वास्थ्यकर्मीको मनोबल खस्किने भन्दै निर्णय सच्याउन माग गरिएको छ ।
यसैगरी सरकारी चिकित्सक संघ (गोदान)ले पनि विज्ञप्ति जारी गरी एउटै प्रस्थान विन्दु र एउटै ऐनका कर्मचारीबीच फरक व्यवहार हुन न्यायसंगत नहुने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि स्वास्थ्य क्षेत्रलाई विशेष क्षेत्र मान्ने हो भने स्वास्थ्यका कर्मचारीलाई खाली बोझ मात्र बढी नभई विशेष थप सुविधा, अतिरिक्त सेवा तथा प्रोत्साहन भत्ता दिन अनिवार्य हुन्छ ।’
स्वास्थ्य क्षेत्रमा आइतबारको बिदा लागु नहुने हो भने अन्य सेवाका कर्मचारीको तुलनामा वर्षको ५२ दिन अधिक थप कार्यभार हुने भएकाले यसको व्यवस्थापनका लागि संघ ले ध्यानाकर्षण गरेको छ ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
पोखरा महानगरको मतगणना सुरु
hero news full width
मुख्य समाचार
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९