हेमजा । नेपाली कांगेस अन्नपूर्ण गाउँपालिका अध्यक्षका उम्मेदवार युवराज कुँवरले लोकतन्त्र बचाउन स्थानीय तह निर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताएका छन् ।
नागडाँडामा वडा १ सम्पर्क पार्टी कार्यालयको उद्घाटन गर्दै उनले नेपालमा वास्तविक लोकतन्त्रको पक्षधर पार्टी कांग्रेस मात्रै भएको दाबी पनि गरे ।
उनले अबको चुनाव कांग्रेसले नजिते धेरै प्रश्नको सामाना गर्नुपर्ने भनाइ राख्दै जनचाहनाअनुसार आफूले कार्य गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाए । नसक्ने कामको जनतालाई आश्वासन दिने होइन भन्दै उनले जनताले कांग्रेसप्रति देखाएको भरोसालाई आफूले टुट्न नदिने बचनबद्धता समेत प्रकट गरे ।
उपाध्यक्षकी उम्मेदवार खिमकुमारी गुरुङले कांग्रेस प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएको उल्लेख गर्दै यसपटक सम्पूर्ण वडामा जीत हुने विश्वास जनाइन् । पालिका सभापति मनपति भण्डारीले कांग्रेसले अगाडि सारेको टिम जुझारु भएको स्पष्ट पार्दै विगतमा जस्तै यसपटक पनि अन्नपूर्णमा कांग्रेसले बाजी मार्ने उल्लेख गरे।
वडाध्यक्ष उम्मेदवार इन्द्रप्रसाद सुवेदीले वडाको समग्र विकासमा आफू नेतृत्वको टिम प्रतिबद्ध रहेको उल्लेख गर्दै जनताले अधिक मत दिने विश्वास व्यक्त गरे । कार्यक्रममा अन्नपूर्ण १ का वडाध्यक्ष भरतजंग कँुवर, पार्टीका वडासचिव नरपति दाहाल, तरुण दलका दिल जिसी, वडा उपसभापति चेतभक्त लम्साल दाहाल, वडा सदस्यका उमेदवार लगायतले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१