पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि रहेको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मजबुत र सुन्दर पक्ष रहेकाले यसको जगेर्नाका लागि सबै पक्ष अग्रसर हुनुपर्ने बताएका हुन् । मे ३ मा युनेस्काेले विश्वभर याे दिवस मनाउँदै आएको छ ।
नेपालको सन्दर्भमा लोकतन्त्र स्थापनाका लागि पत्रकार र पत्रकारिता जगतको अतुलनीय योगदान रहेको विषय स्मरण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको महत्व र विशेषता उजागर गरी यसलाई थप संस्थागत गर्न नेपाली पे्रस जगत सजगरुपमा अग्रसर भइरहने विश्वास व्यक्त गरे ।
कानुन निर्माण र कार्यान्वयनका सिलसिलामा प्रेस स्वतन्त्रतामाथि केही असहज अवस्था सिर्जना हुने गरे पनि प्राप्त अधिकारलाई सदुपयोग गर्ने दायित्व सरोकारवाला सबैको रहेको मुख्य मन्त्री पोखरेलले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘त्यसैले त बेलाबेलामा उत्पन्न हुने असहजताको अन्त्य निरन्तरको संवादबाटै समाधान हुने गरेको छ ।’ उनले गण्डकी प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदा संवेदनशील र सजग रहेको विश्वास उनले दिलाएका छन् ।
स्थानीय निर्वाचनको लहर चलिरहेको र यसै वर्षभित्र प्रतिनिधसभा र प्रदेश सभाको निर्वाचन हुने सन्दर्भमा प्रेसजगत थप संवेदनशील र जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने भन्दै यसतर्फ पत्रकार र पत्रकारिता जगत सचेत रहने विश्वास उनले व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘यस दिवसले नागरिकका सूचनाको अधिकारको सम्मान गर्दै, मिथ्या र झुटा समाचारबाट बचेर खबर कर्ममा जुट्न सम्पूर्ण पत्रकारमा उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
पोखरा महानगरको मतगणना सुरु
hero news full width
मुख्य समाचार
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९