पोखरा, १९ बैशाख । गठबन्धनतर्फबाट पोखरा १७ का उम्मेदवारले सोमबारबाट घरदैलो अभियान थालेका छन् । कांग्रेसबाट अध्यक्ष उम्मेदवार देवराज आचार्यसहित सदस्यका उम्मेदवार घरदैलोमा सहभागी भए ।
‘गठबन्धनले यो पटक पोखरा १७ मा जसरी पनि जित निकाल्ने कुरामा हामी ढुक्क छौँ । एमालेको गढ भनेर दाबी गरिए पनि यो पटक गठबन्धनले त्यो गढ भत्काएरै छाड्छ’ अध्यक्षका उम्मेदवार आचार्यले भने–‘एमालेका यसभन्दा अगाडिका जनप्रतिनीधिले गरेका अनियमितताले नै उनीहरुको गढ भत्काउने निश्चित छ ।’
घरदैलोमा उम्मेदवारसहित काँग्रेसका नेता गुरु बराल पनि सहभागी छन् । बरालले यो पटक पोखरा १७ मा गठबन्धनले चुनाव जित्ने कुरामा कुनै शंका नरहेको प्रस्ट पारे । ‘त्यसो त यो पटक गठबन्धनकै बलले चुनाव जित्नेमा हामी ढुक्क छौँ ।
सोमबार भ्याङलुङखोलाबाट सुरु भएको घरदैलो कार्यक्रम सिमलटुंडा हुँदै वाराही टोल पुल्चोक, भयरनाथ देखि नागेश्वर मार्ग वेलघारी, शीतलचौतारी, रत्यौली (आहालमार्ग) हुँदै पश्चिम दुर्गा मन्दिरसम्म पुगेको थियो ।
अध्यक्षमा देवराज आचार्यसहित सदस्यमा विक्रम भण्डारी, गोबिन्द बराल, रञ्जिता सुवेदी र शोभा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१