विगतको हार बिर्साउने तयारी

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
cpn pokhara 6

पोखरा । नेकपा एमाले पोखरा ६ मा वडाध्यक्षका उम्मेदवार विष्णुबहादुर भट्टराईले स्थानीय तह निर्वाचनमा एमालेले प्यानल नै जित्ने दाबी गरेका छन् ।
चुनावको मिति नजिकिंदै जाँदा उनी सदस्यसहित मतदाताको घरदैलोमा व्यस्त छन् । वडा सदस्यमा दीपेन्द्र पहारी, वासुदेव बराल, महिला सदस्यमा जमुना पराजुली पहारी र दलित सदस्यमा राममाया विश्वकर्माले मनोनयन दिएका छन् ।

उम्मेदवारले बंग्लादी, खहरे, डिहिकोपाटन, पधेँरो, गाइघाट, मुलथोक, गैह्रिखेत, दृष्टिमार्ग लगायतका क्षेत्रमा घरदैलो गरिसकेका छन् । आफ्ना उम्मेवारलाई विजयी गराउन एमाले वडा ६ अध्यक्ष बलराम पहारीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । २०७४ सालको चुनावमा भट्टराईले सर्वाधिक १ हजार ४ सय ७६ मतसहित सदस्य निर्वाचित भएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width