लेकसाइडमा गठबन्धनको घरदैलो

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
compiled pokhara 6

पोखरा, १९ बैशाख । पोखरा ६ मा गठबन्धनका उम्मेदवार चुनावी अभियानको क्रममा टोल टोलमा पुगि घरदैलो अभियानलाई निरन्तरता दिन थालेका छन ।
“जेठको पहिलो हप्तामा गठबन्धनको सरकार सत्तामा” भन्ने नारासहित वडामा गठबन्धनका उम्मेदवारले घरदैलोसहित मतदाताहरुको घरमा पुगि आशीर्वादसहित मत मागेका थिए ।

कांग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष तथा अध्यक्षका प्रत्यासी जगतबहादुर पहारी, सदस्यमा नेकपा माओवादीका तर्फबाट कृष्णप्रसाद आचार्य, नेकपा (एकीकृत समाजवादी) का विकास पहारी र महिला सदस्य कांग्रेसकी पवित्रा थापा र दलित महिला सदस्य कांग्रेसकै शोभा जलारी चुनावी मैदानमा छन् ।

अध्यक्षका प्रत्यासी जगतबहादुर पहारीले पाँचदलीयको नीति तथा कार्यक्रमहरु अरुको भन्दा उत्कृष्ट रहेकाले आफूहरुको जीत सुनिश्चित रहेको बताए।

Related News

सम्बन्धित समाचार

hero news full width