वहसमूलक कार्यक्रममा पाेखराका मेयर उम्मेदवारले नै लगाए आरोप

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
lafada1

पोखरा । नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेद्वार कृष्ण थापालाई सोधिएको प्रश्नका सम्बन्धमा एमाले कार्यकर्ताहरुले होहल्ला गरेका छन् ।

प्राईम टाईम टेलिभिजनद्वारा आयोजित स्थानीय तह निर्वाचन २०७९ विषेश कार्यक्रम । छायाँकनका क्रममा थापालाई अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेद्वार गनेस पौडेलले २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा विगार्न योगदान गरेको आरोप बताएपछि एमाले कार्यकर्ताहरुले होहल्ला सुरु गरेका हुन् । कार्यक्रमका प्रस्तोता ऋषि धमलाले पटक पटक शान्त हुन आग्रह गर्दा पनि उनिहरु नरोकिएपछि केही समय कार्यक्रम अवरुद्ध हुन पुगेको थियो ।

कार्यक्रमका सहभागीहरुले एमाले उमेद्वार थापालाई पोखरा सभागृह निजी क्षेत्रलाई बेचेको, कर्मचारी भर्नामा मनोमानी गरेको, पोखरा महानगरपालिकालाई कार्यकर्ता भर्तिकेन्द्र बनाएको र हजारौँ दलित समुदायको अपमान हुने गरि पीडिकको पक्षमा वकालत गरेको लगायतका प्रश्नहरु सोधेका थिए ।

कार्यक्रममा ढिला गरि उपस्थित भएका एमाले उमेद्वार थापालाई बिचमा राख्ने भनि कुर्सी साट्न खोजेपछि कार्यक्रममा बोलिरहेका राप्रपाको तर्फबाट मेयर पदका उमेद्वार शंकर खराल आफ्ना कार्यकर्ता सहित कार्यक्रम छोडेर बाहिरिएका थिए । राष्ट्रिय टेलिभिजनको बहसमुलक कार्यक्रममा आफ्नो पार्टीलाई अपमान गरिएको खरालले प्रतिक्रिया दिए ।

नेकपा एमालेले यस अघि गण्डकी प्रदेश सदस्य दीपक पौडेललाई पोखराको मेयरको उम्मेदवार बनाएको थियो । पोखराकै एउटा सुनचाँदी पसलमा सिक्रि चोरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि एमालेले रातारात उम्मेदवार परिवर्तन गरी थापालाई उम्मेदवार बनाएको थियो ।

थापामाथि उक्त भिडियो भाईरल बनाएको आरोप पनि नेकपा एमालेकै कार्यकर्ताहरुले लगाएका छन् । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विरुद्ध गुट चलाईरहेको आरोप लागेका एमाले नेता खगराज अधिकारीसँग मिलेर थापाले भिडियो भाईरल बनाएको कार्यकर्ताहरुको भनाई रहेको छ । २

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width