पोखरा। ‘यो बाटो जसले पक्की बनाइदिन्छ, बाटो बनाउने विश्वासिलो आधार जसले देखाउँछ, हाम्रो भोट उसैलाई जान्छ ।’ गलेश्वर मार्ग निवासी मिदिना गुरुङले घरदैलो कार्यक्रमका लागि पुगेका उमेद्वारलाई घरको गेटबाट निस्किदै भनिन् । उनले घर अगाडिको बाटो ढलानका लागि पटक–पटक सम्बन्धित निकायमा ताकेता गर्दा सुनुवाई नभएको गुनासो गरिन् । सोही मार्गकै देवी तिमिल्सिनाले बाटो बनाउन र सरकारी खानेपानीको पाइप विस्तार गर्न उमेद्वारलाई सुझाए । तिमिल्सिनाको भनाईलाई समर्थन गर्दै छिमेकी डम्बरबहादुर थापाले सहमति जनाए ।
अर्का छिमेकी सुमित्रा थापाले उमेद्वारलाई टिका लगाइदिंदै जितको शुभकामना दिइन् र राम्रो काम गरेर नाम राख्नु भनेर पाँचै जनालाई आर्शीवाद दिइन् ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले पोखरा १५ ले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । वडावासीसँग भेटघाटका साथै समस्या सुन्न निस्किएको उमेद्वारको टोलीलाई घरदैलोकै क्रममा गलेश्वरका स्थानीयले मन फुकाएर समस्या राखे, भलाकुसारी गरे र आशिर्वाद दिएर पठाए ।
वडा नं १५ का खुल्ला वडा सदस्य पदका उमेद्वार हुन् गलेश्वर निवासी आशिष भण्डारी । गलेश्वरस्थित पार्क बनाउन, बास्केटबल ग्राउण्ड बनाउन र उक्त क्षेत्रका हरेक विकासका गतिविधि र कार्यक्रमको आयोजना उनकै अगुवाईमा हुँदै आएको छ । स्थानीयले उनलाई यसअघि नै युवा समाजसेवीका रुपमा चिन्दै आएका छन् । झन् वडा सदस्यका लागि मनोनयनमा परेपछि उनीसंग स्थानीयले धेरै आश गरेका छन् ।
आजको घरदैलोमा त्यसकारण गुनासो र समस्या धेरै आएका थिए । जनताको घर–घरमा समस्या सुन्न र भोट माग्न भण्डारी अन्य उमेद्वारसँगै थिए । भण्डारीले सबैलाई आफूसहित पाँचै जनालाई भोट दिएर निर्वाचित गराए आफ्नो क्षेत्रका जनताले महसुस गर्ने गरी छिट्टै विकासको लहर ल्याउने प्रतिवद्वता व्यक्त गरे ।
यस्तै वडा अध्यक्ष पदका उमेद्वार तोरण बहादुर बानियाँले गलेश्वर क्षेत्रको भित्रि मार्गको प्लानिङ आफूले गरेको भन्दै निर्वाचित भएको खण्डमा गलेश्वरवासीको समस्याको समाधान गर्न पहल गर्ने बताए । बानियाँले सबै मतदातासँग आफ्नो क्षेत्रको विकास गर्नकै लागि राजनीतिमा होमिएको बताए । उनले आफू लगायत आफ्नो टिमलाई जिताउन मतदातासँग प्रतिवद्वता जनाउँदै भने, ‘हामीलाई जिताउनुस्, गाली गर्ने ठाउँ पाउनुहुन्न ।’
घरदैलोका लागि निस्किएको उमेद्वारसहितको टोली गलेश्वरस्थित गणेश मन्दिरभित्र पसेर सामुहिक फोटो खिचाउँदै भने, ‘जितेपछि भने फेरी यही मन्दिरमा आएर आशिर्वाद लिएर जनताको सेवामा लाग्छौं ।’
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१