पोखरा। स्थानीय निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिका र कास्कीका चार वटै गाउँपालिकामा गठबन्धनमा समावेश दलहरुले प्रचारलाई तिव्रता दिएका छन् ।
यो पटक कुनै पनि हालतमा गठबन्धनको जित निकाल्ने गरि काम भैरहेको नेपाली काँग्रेस कास्कीले जनाएको छ । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले उम्मेदवारी दिएका छन् भने उपमेयर पदमा कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन् । त्यसैगरि महानगरका ३३ वटै वडामा गठबन्धनबीच सहमती भई चुनावी प्रचारलाई अगाडि बढाईएको नेपाली काँग्रेसले जनाएको छ ।
‘यो पटक कुनैपनि हालतमा गठबन्धनले चुनाव जितेरै छाड्छ । प्रतिगमनविरुद्धको यो लडाईमा गठबन्धन एक भएर अगाडि आएको छ । र, जनताले पनि प्रतिगमन विरुद्ध गठबन्धनमै समावेश दलहरुका उम्मदेवारहरुलाई मत दिने पक्कापक्की छ ।’ नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने–‘उम्मेदवारहरुको चुनावी प्रचारको क्रममा पनि गठबन्धनको पक्षमा जनमत रहेको प्रस्ट भैसकेको छ ।’
त्यस्तै गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले आफ्नो नेतृत्वमा आईसकेपछि पोखरा महानगरपालिकाको सम्पूर्ण काम पारदर्शी हुने बताएका छन् । ‘कुनैपनि काम बन्द कोठाबाट हुँदैन । स्थानीयको समस्या र सुझाव संकलन गरि सोही अनुसार कामहरु अगाडि बढ्नेछौँ ।’ गठबन्धनको तर्फबाट महानगरको मेयरमा उम्मेदवारी दिएका आचार्यले नेकपा एकिकृत समाजबादीको प्रतिनीधित्व गर्छन् ।
त्यस्तै उपमेयरका उम्मेदवार कोपिला रानाभाटले महानगरमा आफूहरु निर्वाचित भएर आउनु भनेको महानगरबासीको जित भएको बताईन् । ‘हामीप्रति मतदाताहरुको ठुलो आशा र भरोषा छ । हामीले मतदाताहरुलाई निराश हुन दिनेछैनौँ ।’ काँग्रेसको तर्फबाट उम्मेदवारी दिएकी रानाभाटले महानगरबासीले यस अगाडिको नेतृत्वबाट फगत कुराहरु मात्र सुन्न परेको बताउँदै आगामी दिनमा आफूहरु निर्वाचित भएपछि नगरबासीले सुखको सास फेर्न पाउने बताईन् ।
महानगरको ३३ वटै वडामा गठबन्धनका उम्मेदवारहरुको घरदैलो यतिबेला तिव्र छ । उता पोखरा १७ मा गठबन्धनबाट उम्मेदवारी दिएका देवराज आचार्यले आफूहरुले एमालेको गढलाई यो पटक भत्काउने दाबी गरेका छन् । त्यस्तै महानगरको वडा नम्बर १ देखि ३३ सम्मै गठबन्धनप्रतिको जनलहर ह्वात्तै बढेको र यो पटक गठबन्धनको पक्षमा भारी मत आउने नेकपा एकिकृत समाजबादीका जिल्ला सचिवालय सदस्य शिवराज आचार्य बताउँछन् ।
त्यस्तै कास्कीको अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकामा पनि गठबन्धन दलका उम्मेदवारहरुले आफ्नो प्रचारलाई तिव्रता दिएका छन् । यो पटक कास्कीका चारवटै गाउँपालिकामा गठबन्धनकै उम्मेदवारहरुले जित हासिल गर्ने गठबन्धन सम्बद्ध दलहरुले दाबी गरेका छन् ।
घरदैलोकै क्रममा पार्टी प्रवेश
उम्मेदवारहरु घरदैलो गरिरहँदा विभिन्न पार्टी परित्याग गरि गठबन्धन सम्बद्ध दल प्रवे गर्ने क्रममा पनि पछिल्लो समय बढेको छ । यसले गठबन्धनप्रति जनताको आश बढेको कुरा पुष्टी गर्छ ।
सोमबार मात्रै घरदैलोकै क्रममा पोखरा १७मा एमाले परित्याग गरि २ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमालेमा सकृय हुँदै आएका पोखरा १७ कै सन्तोष बस्याल र दीपेश लामिछाने पार्टी प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली काँग्रेसका नेता गुरु बराल र गठबन्धनबाट पोखरा १७ मा उम्मेदवारी दिएका देवराज आचार्यले अबिर र खादा लगाएर काँग्रेसमा स्वागत गरेका थिए । २ जना युवाहरुलाई स्वागत गर्दै काँग्रेस नेता बरालले काँग्रेसप्रति जनस्तरमा देखिएको आकर्षण बडो गज्जबको भएको बताए । उनले काँग्रेस पार्टीले युवा नेतृत्वलाई अगाडि सारिरहेको परिप्रेक्ष्यमा प्रजातान्त्रिक विचार राख्ने सबै युवाहरुको साझा घर काँग्रेस नै भएको बताए ।
पार्टी प्रवेशपछि बस्याल र लामिछानेले यो चुनाव अवधीभर आफूहरु दत्तचित्त भएर गठबन्धनको प्रचारमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१