पोखरा । नेपाली कांग्रेस कास्कीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै विशाल चुनावी आमसभा गर्ने भएको छ । वैशाखको २५ गते पोखरामा चुनावी आमसभा हुने पार्टीले बताएको छ । नेपाली कांग्रेस कास्कीले प्रेस विज्ञप्ति जारी गर्दै आमसभाको विषयमा जानकारी दिएको हो ।
विशाल चुनावी आमसभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
‘यो चुनावी आमसभामा कास्की जिल्लाभरका नेता, कार्यकर्ता र मतदाताहरुको सहभागिता हुनेछ । केन्द्रस्तरबाटै नेतृत्वमा रहेका नेताहरु आएर सम्बोधन गरेपश्चात कास्की जिल्लामा काँग्रेसको गज्जबको माहौल सृजना हुने हामीले अपेक्षा गरेका छौँ ।’ नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने–‘हाम्रा उम्मेदवारहरुलाई जिताउनका लागि यो चुनावी आमसभाले महत्वपूर्ण भूमिका खेल्नेछ ।’
पोखराको अमरसिंहचोकको चौरमा विहान ११ बजेदेखि चुनावी आमसभा शुरु हुने नेपाली काँग्रेस कास्कीले जनाएको छ । साथै नेपाली काँग्रेसले सम्पूर्ण ईकाई तथा वडामा रहेका आफ्ना संयन्त्रहरुलाई आफ्ना उम्मेदवारहरुलाई वडास्तरमा कुनैपनि चुनावी कार्यक्रम नगराई सो आमसभामा सहभागी हुन निर्देशन समेत दिएको छ ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१