पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले चुनाव जितेमा विकास निर्माणका काम अलपत्र पार्नेलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् । सोमबार मादी १२ मा आयोजित चुनावी सभामा बोल्दै उनले अहिले पनि कतिपय योजना ठेकेदारले अलपत्र बनाएको तर आफ्नो नेतृत्वले चुनाव जिते काम नगर्ने ठेकेदारलाई मादी छिर्नै नदिने बताए ।
कांग्रेसका नेता ठेकेदारको कम्पनीले मादी ९ र १२ जोड्ने पुल, सौर्य–माझठान–मिजुरे सडक, मादी ५ र पोखरा १३ जोड्ने पुल अलपत्र पारेको महेन्द्रले सुनाए । ‘विकासका योजना अलपत्र पार्ने ठेकेदारलाई घोक्रेठ्याँक लगाएर तह लगाउँछु,’ प्रतिबद्धता जनाउँदै उनले थपे, ‘चुनाव जित्यौँ भने त्यसरी काम अलपत्र छोड्ने ठेकेदारलाई मादीमा प्रवेश निषेध गर्छौँ । हामीलाई विकास–निर्माण चाहिएको छ । काम नगर्नेबारे बोल्न म पछि पर्ने छैन ।’
विपक्षी पार्टीले आफू र एमालेविरुद्ध फैलाएका भ्रममा नपर्न उनले मतदातालाई आग्रह गरे । एमालेको खेदो खन्नभन्दा आफ्नो पार्टी सम्हाल्न उनले प्रतिस्पर्धी पार्टीलाई सुझाए । ‘पार्टी गतिलो भएको भए नेता–कार्यकर्ताले नेकपा एमाले रोज्ने थिएनन् । आफ्नो पार्टी सम्हाल्नुस्, खेदो खन्ने काम नगर्नुस् । अरुको खेदो खन्न थाले तिमी कमजोर हुन्छौ र आफैँ नाङ्गिन्छौ,’ उनले भने ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१