पोखरा महानगरमा एउटै कोठाबाट सबै सेवा दिने प्रतिवद्धता

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
ghosana patra 2

पोखरा । पोखरा महानगरपालिकाको निर्वाचन जितेमा महानगरका सेवाग्राहीलाई एउटै कोठाबाट सबै सेवा दिने पाँच दलीय गठबन्धनले घोषणा गरेको छ । आफ्नो घोषणापत्रमा गठबन्धनले सेवाग्राहीलाई कुनै खास सेवा लिन पूरै महानगर परिसर चहार्नुपर्ने बाध्यताको अन्त्य गर्न यस्तो घोषणा गरेको हो ।

‘निर्वाचित भएको तीन महिना भित्रै यो घोषणालाई कार्यान्वयन गरिने छ ।’ घोषणापत्रमा उल्लेख गरिएको छ । महानगरको मेयरका उम्मेदवार धनराज आचार्य भन्छन्, ‘महानगरका सेवाग्राहीले दुःख नपाउन भनेर मुभलेस सेवा तीन महिनाभित्र शुरु गर्छौं ।’

पोखरा महानगरपालिकाको कार्यालय हाल न्यूरोडबाट सञ्चालन भइरहेको छ । नगरपालिकाको सेवा दिने संरचनामा बनेको उक्त भवन अहिले महानगरपालिकाको संरचनासम्म आईपुग्दा पनि विस्तार हुन सकेको छैन । महानगरका सयौं कर्मचारीले साँघुरो कोठाबाट सेवा दिँदै आईरहेका छन्, भने सेवाग्राहीको पनि महानरमा भीडभाड भईरहेको दिनुहुँ देख्न सकिन्छ ।

आचार्यले आफू पदबहाली भएकै दिन अत्यावश्यक सिफारिसहरु पनि निशुल्क गर्ने घोषणा गरेका छन् । नागरिकले सिफारिसका कारण अन्य निकायबाट लिने सेवामा अबरोध नहोस् भन्ने उद्देश्यले यस्तो व्यववस्था गरिने उनले जानकारी दिए ।

आउँदा वशाख ३० गते हुने निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर गठबन्धन निर्माण गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीको तर्फबाट धनराज आचार्य मेयर र नेपाली काँग्रेसको तर्फबाट कोपिला रानाभाट उपमेयरको उम्मेदवारी लिएर चुनावी मैदानमा छन् ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width