जनप्रतिनिधि र कर्मचारीलाई फुल ड्युटी गर्नेमात्र होइन, ड्यूटीफुल बनाउँछौं : आचार्य

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
Talk show PIC

पोखरा । पोखरा महानगरकापालिकाका मेयर पदका उम्मेद्वार धनराज आचार्यले आफूहरु निर्वाचित भएमा आफूहरुसहित महानगरका कर्मचारीलाई फुल ड्युटी मात्र गर्ने नभई ड्युटीफुल महानगर बनाउने बताएका छन् । पोखरामा सोमबार प्राइम टेलिभिजनले आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ विषेश कार्यक्रममा आचार्यले निर्वाचित जनप्रतिनिधिदेखि महानगरको कर्मचारी सम्मलाई जिम्मेवार र ड्यूटीफुल बनाउने बताएका हुन् ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा प्रस्तुत आचार्यले २०७४ सालमा निर्वाचित एमाले नेतृत्वले जनप्रतिनिधि र महानगरका कर्मचारीलाई ड्यूटीफुल बनाउन नसकेको आरोप लगाए । उनले भने,‘महानगरले अहिले १० देखि ५ सम्मको कार्यालय समय तोकेको छ । महानगरले तोकेको समयमा जनप्रतिनिधि र कर्मचारी त आउँछन् तर उनीहरु काम नगरी बिताउँछन् अर्थात ड्यूटीफुल भएनन् ।’

कर्मचारीलाई ड्यूटीफुल बनाउन महानगरको नेतृत्व चुकेको उनको आरोप छ । ‘सुन्दर पोखरालाई साँच्चिकै सुन्दर पोखरा बनाउनका लागि उहाँहरुको इच्छाशक्ति भएन, साधनस्रोतको व्यवस्थापन गर्न सक्नु भएन वर्तमान महानगर नेतृत्वले, संघ र प्रदेश सरकारसँगसमेत महानगर नेतृत्वले समन्वय गर्न नसक्नु उसको कमजोरी हो’–उनले भने ।

आफूले काम गर्न नसकेपछि वर्तमान महानगर नेतृत्वले कर्मचारीले काम गरेन भनेर बहानाबाजी गरिरहेको उनको आरोप छ । उनले भने ‘अहिलेसम्म महानगरका कर्मचारीले फुल ड्युटी ग¥यो, अहिलेको महानगरको वर्तमान निर्वाचित नेतृत्वलेपनि फुल ड्युटी गर्नुभयो तर उहाँहरु ड्युटी फुल बन्न सक्नुभएन् ।’

मेयरका उम्मेदवार आचार्यले आफू मेयरमा निर्वाचित भए हालको बेथिति उल्टाएर सबैलाई ड्यूटीफुल बनाउने उनले प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width