पोखरा । सूर्यबहादुर केसी स्मृति सहारा फुटवल एकेडेमीमा रहेका ८ जना किशोरहरुलाई बिदाइ गरिएको छ । प्लस टु सकेका ८ जना किशोरहरुलाई क्लबले आइतबार बिदाइ गरेको हो ।
करिब ९ वर्ष एकेडेमीमा रहेर फुटबलसहित उच्च शिक्षा हासिल गरेका पोखरा १० का सन्दिप केसी, पर्वत कार्किनेटा ६ का शिशिर क्षत्री, रुकुम कोल २ का कुशल बुढामगर, कास्की कृष्ति २ का निश्चल भण्डारी, चितवनका प्रमिश गुरुङ, सुर्खेत वीरेन्द्रनगरका कमल सोमै मगर, स्याङजा बाहकोट १ का सन्देश गुरुङ र स्याङ्जा पन्चमुल ४ निरज बिकलाई क्लबले बिदाइ गरेको हो । क्लबका सस्थापक अध्यक्ष वसन्त थकाली, मानार्थ सदस्य महेश गुरुङ, क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज), निवर्तमान अध्यक्ष केशव थापा, पूर्वअध्यक्ष विक्रम थकाली र वीरभद्र आचार्य लगायतले खेलाडीहरुलाई खादासहित मायाको चिनो प्रदान गर्दै बिदाइ गर्नु भएको हो ।
एकेडेमीमा तेस्रो ब्याजकारुपमा १६ जिल्लाका २८ जना बालकहरु रहे पनि हाल १५ जना रहेको सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बरालले बताए ।
२०५५ भदौ ३० गते सहारा क्लबको स्थापना भएको हो । २०५८ सालमा क्याराभान गोल्डकप सुरु भएसँगै सहारा एकेडेमी सुरु भएको थियो । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष थकालीले जहाँ गरिब र विपन्न वर्गका मानिस छन् उनीहरुको हकहितमा बोल्दै आफुले सकेको सहयोग गर्न एकेडेमीका किशोरहरुलाई सुझाव दिए । क्लबका मानार्थ सदस्य महेश गुरुङले क्लबले हुर्काएका किशोरहरु जहाँ भए पनि क्लबप्रति आफ्नो भूमिका खेल्न सक्नुपर्ने बताए ।
एकेडेमीबाट बिदाइ हुँदै गर्दा सुर्खेतका कमल सोमैमगर भावुक हुँदै आफ्नो वाल्यकालको महत्वपूर्ण जीवनमा एकेडेमीले आमा बाबुको माया दिएकोले आफू जहाँ भए पनि एकेडेमीप्रति चासो दिने बताए ।
क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशवराज बराल, उपाध्यक्ष चित्रबहादुर पुन, मानार्थ सदस्य महेश गुरुङ, सहारा युकेका सल्लाहकारहरु शेरा गुरुङ र भोजबहादुर गुरुङ, रामबजार सोसाइटी युकेका पूर्व अध्यक्ष रुपक गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले बोलेका थिए ।
सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन भएको क्लबले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१