पोखरा । नेपाली कांग्रेस पोखरा १२ ले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । घरदैलो कार्यक्रममा मतदातालाई पोखरा १२ का वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले आफू वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिँदै सम्पन्न गर्न निरन्तर लागि रहने बताउँदै मतदातासँग गरिएका वाचा पूरा गर्ने बताए ।
पोखरा १२ को पुरानो धारादेखि पीपलडाली, सिटिभिटी, सफा मार्ग लगायतका ठाउँमा गरिएको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री सरस्वती गुरूङ कांग्रेस क्षेत्र न १ ख का सभापति कृष्ण कोइरालालगायत वडा सदस्यका उम्मेदवारहरू शान्ताबहादुर थापा, गोविन्दप्रसाद सिग्देल, शान्ति कोइराला, गोमादेवी परियारले मतदाता समक्ष लोकतन्त्रको रक्षाको लागि पनि कांग्रेस उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।
नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई तीव्रता दिएसँगै पोखरा १२ मा नेपाली कांग्रेसका उम्मेदवारप्रति मतदाताहरू निकै आकर्षित भएको अध्यक्षका उम्मेदवार बास्तोलाले बताए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१