पोखरा । असारको पहिलो साता पोखरामा आयोजना हुने छैटौं संस्करणको पोखरा स्पोट्र्स अवार्डमा पोखरेली मञ्च युकेले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने उक्त अवार्डलाई मञ्चको तर्फबाट यस वर्ष पनि सहयोग गर्ने पोखरेली मञ्च युकेका सल्लाहकार महेश गुरुङले बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले दिएको उक्त अवार्डको प्रपोजलमा आफुहरुले केही न केही सहयोग गर्ने मञ्चका अध्यक्ष गुरुङले बताए । मञ्चको नवनिर्वाचित अध्यक्ष बरालले पोखरा स्पोट्र्स अवार्ड यस वर्ष छोटो समयमै गर्नुपर्ने भएकोले स्वदेशी तथा विदेशी विभिन्न संघ संस्थाको सहयोग आवश्यक भएको बताए ।
कार्यक्रममा पोखरेली मञ्च युकेका सल्लाहकार महेश गुरुङसहित पोखरेली मञ्च युकेका सल्लाहकारहरु शेरा गुरुङ, भोजबहादुर गुरुङ, रुपक गुरुङ, सहारा क्लबका अध्यक्ष संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षद्वय विक्रम थकाली र वीरभद्र आचार्य लगायत सहभागी थिए ।
मञ्चले आयोजना गर्ने उक्त अवार्डबाट लाइभ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी महिला तथा पुरुष, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट पत्रकार लगायतको विधामा अवार्ड वितरण गर्दै आएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अध्यक्ष बरालले जनाए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१