पोखरा । पोखरा २७ को वडाअध्यक्षमा पूर्णकुमार गुरुङले आफ्नो कार्यकाल फेरि दोहोर्याउन चाहेका छन् । ५ वर्षे कार्यकालको समीक्षा गर्दै उनले आफूले वडा नं २७ को विकासमा कुनै कसुर बाँकी नराखेको बताए ।
उनले पोखरा २७ मा बाटो पिच गर्ने काम करिब ९० प्रतिशत बढी भएको बताए । वडामा आफू आएपछि हाल रहेको वडा कार्यालयमा महानगरको कोभिड अस्पताल सञ्चालन गर्न दिइएको र हाल भाडामा वडा कार्यालय सञ्चालनमा रहेको बताए । आगामी ५ वर्षमा वडा कार्यालय भवन निर्माण गर्नेलगायत अन्य विकास निर्माणका काम गर्ने उल्लेख गरे ।
तालचोक देखि बेगनासतालसम्मको बाटो निर्माण आफ्नो प्राथमिकता रहेको र त्यसबारे महानगरमा निरन्तर दबाब दिँदै आएको समेत बताए । आगामी ५ वर्षमा साबिक लेखनाथको मुख्य बजार रहेको तालचोक र अघौं चोकलाई व्यापारिक हब बनाउने र कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई पर्यटकीय आकर्षण केन्द्रको रुपमा विकास गर्दै लैजानेमा जोड दिए ।
नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीसँग गठबन्धन गर्दै सहकार्य र समझदारीमा आफूले चुनाव जिते पनि एमाले पार्टीसँग सल्लाह गर्दै एकीकृत विकासका योजना आफूसँग रहेको गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१