पाेखरा ११ मा कांग्रेसकाे घरदैलाे

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७९
nc 11
पोखरा । नेपाली काग्रेस पोखरा -११ले आइतबार देखि घरदैलो शुरु गरेको छ । नेपाली काग्रेस गण्डकी प्रदेश प्रवक्ता माधवप्रसाद बास्तोला मधुले घरदैलोको शुभारम्भ गर्दै यस वडामा मेयरमा बाहेक अरु कुनै पार्टीसँग गठबन्धन नभएको र सबै सग मित्रवत प्रतिस्पर्धा रहेको जानकारी दिए ।
पोखरा-११का अध्यक्षका उम्मेदवार प्रेमप्रसाद कर्माचार्यले वडाका अधुरा कामलाई प्राथमिकता दिँदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताए ।
पवित्र काहुकोट देउराली मन्दिर परिसर भएको कार्यक्रमको पुर्व सध्यामा दलित महिला सदस्य उम्मेदवार टुकुरादेवी परियारले स्वस्ति  वाचन गरेकी थिइन् । उक्त वडामा खुल्ला महिला सदस्य रनशोभा गुरुङ, पुरुषमा विष्णुप्रसाद घिमिरे र सुशील बास्तोलाको उम्मेदवारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग