पोखरा । कोन सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा आइतबार १ सय २४ युनिट रगत संकलन भएको छ ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले कोन सहकारी उत्कृष्ट सवल सक्षम र आधुनिकमैत्री भएको बताइन् । सहकारी वित्तीय कारोवारमा सक्षम भएकोले भविष्यमा अझ राम्रो कारोबार गर्दै जाने अध्यक्ष कोइरालाले बताइन् ।
कोइरालाले सञ्चालक समितिका सदस्य एवं कार्यक्रम संयोजक खड्कबहादुर गुरुङलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेकी हुन् ।
सहकारीका निवर्तमान अध्यक्ष तथा मानार्थ संरक्षक शरदकान्त सिग्देलले आगामी वर्षमा रक्तदान कार्यक्रमलाई वार्षिक कार्यक्रम अन्तर्गत समावेश गरिने बताए ।
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारको तर्फबाट नारायणप्रसाद पराजुली, आर्बा वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नवीन बराल लगायत बोलेको कार्यक्रममा सञ्चालन सचिव शान्तकुमार श्रेष्ठले गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रमा सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
सहकारी ठग्नेलाई कारबाही हुन्छ : मन्त्री जिसी
पोखरामा सिन्धुली उवा संघको प्रतिनिधिमण्डल
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड बढ्यो
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०