माछापुच्छ्रे । नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाले आज(आइतबार)देखि औपचारिक चुनावी अभियान सुरु गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका उम्मेदवारहरुले सार्दीखोस्थित काभ्रे गाउँको देउराली मन्दिरको दर्शन गरेर प्रचारप्रसार एवं घरदैलोको औपचारिक सुरुवात गरेका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार मिन बहादुर गुरुङ र उपध्यक्ष उम्मेदवार सिता अधिकारीले संयुक्त रुपमा अभियान शुभारम्भ गरे ।
अभियानको सुरुवात गर्दै अध्यक्ष उम्मेदवार गुरुङले गाउँपालिकाको समृद्धि र विकासकालागि उम्मेदवारी भएको जनाए । लोकप्रियता र प्रचारवाजीकालागि नभएर पालिकामा सूशासन र व्यवहारिक उपलब्धिकालागि उम्मेदवारी दिएको बताए । उपलब्ध स्रोतहरुको सहि व्यवस्थापन हुन नसक्दा पालिका पछि परेको उल्लेख गर्दै उनको स्रोतको सहि व्यवस्थापन र सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले महिलाहरुको हकहितका लागि कुनै गुनासो नरहने गरि काम अघि बढाउने बताइन् । न्याय सम्पादनमा पालिकालाई अब्बल बनाउँदै योजनाबद्ध रुपमा दिर्घकालिन रुपमा छाप रहने गरि कार्य गर्ने उनले दाबी गरिन् ।
देउराली दर्शनपछि उम्मेदवारहरुले मतदाता भेटघाट सुरु गरेका थिए ।
नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिकाका सभापति विरेन्द्र गुरुङले मतदाताको आकर्षण कांग्रेसमा बढ्दै गएको उल्लेख गर्दै विजय सुनिश्चित रहेको जनाए । पालिका अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडामा मतदाताले कांग्रेसलाई नै जिताउने उनको विश्वास छ ।
नेपाली काँग्रेस माछापुच्छ्रे –२का कार्यवाहक सभापति छविलाल गुरुङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक खुशीमान गरुङ, माछापुच्छ्रे – २ का प्रचारप्रसार संयोजक मुम्जमान गुरुङ, जिल्ला प्रतिनिधि सुदोय गौतम, क्षेत्रीय सचिव मेख बहादुर क्षेत्री लगायतले उम्मेदवारहरुलाई शुभकामना व्यक्त गरेको मिडिया संयोजक विजय लम्सालले जानकारी दिए ।
अभियान शुभारम्भको अवसरमा कांग्रेसका तर्फबाट वडाहरुका उम्मेदवारहरु, नेता, कार्यकर्ता लगायत शुभेच्छुकहरुको उपस्थिति थियो ।
साथै, उक्त कार्यक्रममा ५ जना एमालेमा आवद्धहरु पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१