पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ६ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेपाल कम्युनिस्ट पाटी एकीकृतको संयुक्त प्रचारप्रसार कार्यलय स्थापना गरिएको छ । गठबन्धनले वडामा चुनाव अभियान सुरु गरेसँगै अभियानको पहिलो दिन गठबन्धनका साझा उम्मेदवारहरुको प्ररिचय गरिएको थियो ।
पोखरा महानगर पालिका ६ मा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडाध्यक्ष तथा अध्यक्षका प्रत्याशी जगतबहादुर पहारी, खुला सदस्य नेकपा माओवादीका तर्फबाट कृष्णप्रसाद आचार्य, खुला सदस्यमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पवित्रा थापा र दलित महिला सदस्यका नेपाली काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदान छन् ।
नेपाल कम्युनिस्ट एकिकृत समाजवादीका केन्द्रीय सल्लाहकार हरि पौडेलले केपी ओलीले तानाशाही शैलीमा नेपालको संविधान र प्रजातन्त्रमाथि आक्रमण गरेका कारण प्रजातन्त्र र संविधानको सुरक्षाको लागि ५ दल मिलेर गठबन्धन गर्नु परेको बताए ।
नेपाली कागे्रस प्रदेश प्रतिनिधि तथा पूर्व इकाइ सभापति दीपकवीर कुँवरले ५ दलीय गठबन्धनले मात्र प्रजातन्त्र र संविधानको रक्षा गर्ने हुनाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।
प्रदेश महाधिवेशन प्रतिनिधि तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरा पर्यटकीय क्षेत्र भएकाले पर्यटन विकास लागि गठबन्धन उम्मेदवारहरुले जित्नु पर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा पर्यटन व्यवसायी अग्नि कँडेलले केपी ओलीको सरकारले दुई तिहाइ को जनमतलाई कदर नथरी भ्रष्टाचारमा लिप्त भएर संविधानको हरण गरेको कारण संविधानको रक्षाका लागि ५ दलीय गठबन्धन गर्नु परेको बताए ।
नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका प्रदेश सदस्य ईश्वरी न्यौपाने, सोही पार्टीका वडा इन्चार्ज केदार न्यौपाने, नेपाली काग्रेस ६ निर्वतमान सभापति बलराम गिरी लगायतले उक्त अवसरमा बोलेका थिए ।
वडाध्यक्षका प्रत्यासी जगतबहादुर पहारीले आफ्नो कार्यकालमा वडाको विकास निर्माणका लागि महत्वपूर्ण योगदान गरेको बताए । संघ, प्रदेश र महानगरमा आफ्नो अनु्कुल सरकार नहुँदा भनेजस्तो काम गर्ने नपाएको गुनासो उनले सुनाए । आफुले अधुरा छोडेका कामहरुलाई पूरा गर्ने पनि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने उनको भनाए थियो ।
नेपाली कांग्रेस वडा नम्बर ६ का इकाई सभापति सन्तोष पौडेलले ५ दलीय गठबन्धनको पहिलो काम नेकपा एमालेलाई परास्त गराएर स्थानीय चुनावमा वडाको ५ सिट जित्ने अनि देश र जनताको भावना अनुकुल सेवा गर्नुपर्ने औंल्याए । कार्यक्रममा वडाका उम्मेदवारले ‘अबको वडाको निर्वाचनमा जसरी पनि ५ दलीय गठबन्धनले जित्ने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१