३ प्रमुखसहित ९२ जनाको मनोनयन फिर्ता

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७९
Election Commision Nepal1

स्याङ्जा । पुतलीबजार नगरपालिकामा ३ प्रमुखसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिएसँगै अब यहाँ प्रमुखमा ६ जनाबीच चुनावी प्रतिस्पर्धामा हुनेछ ।

३ नगर प्रमुखका आकांक्षीसहित वडाअध्यक्ष र अन्य सदस्यले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

स्थानीय निर्वाचनअन्तर्गत स्वतन्त्रसहित जनता समाजवादी पार्टीवाट नगर प्रमुखको उम्मेदवारी दर्ता गरेका थिए । अनुवर अली, ईश्वर पराजुलीले स्वतन्त्ररुपमा र जसपाबाट पमनारायण अर्यालले उम्मेदवारी दर्ता गरेका थिए । अली नेपाली कांग्रेस र पराजुली नेकपा एमाले समर्थित हुन् । पार्टीमा दुवै सक्रिय छन् ।

जसपाका अर्यालले कांग्रेसलाई सघाउने गरी उम्मेदवारी फिर्ता गरेको वडाध्यक्ष छायादत्त सापकोटाले जानकारी दिए तर स्वतन्त्ररुपमा उम्मेदवारी दिएका अली र पराजुलीले भने आ– आफ्ना मातृपार्टी (कांग्रेस र एमाले) लाई समर्थन जनाउने गरी उम्मेदवारी फिर्ता लिएका हुन् ।

जिल्लामा १९ दलले मान्यता पाए पनि मुख्यतः प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुनेछ

निर्वाचनमा पुतलीबजार नगर प्रमुखमा ९ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको थियो । जिल्लामा मुख्यगरी विभिन्न १९ दलले मान्यता पाएता पनि मुख्यतः प्रतिस्पर्धा भने एमाले र कांग्रेसबीच हुने भएको छ ।

नगरमा कांग्रेसतर्फबाट प्रमुखमा तुलसीराम रेग्मी र उपप्रमुखमा देवी अर्याल, एमालेको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा महेश पुरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख तथा उपप्रमुखमा तुलसिंह ठकुरी र डीलकुमारी शाही, नेकपा माओवादी केन्द्रका नारायण लम्साल र सरस्वती शर्मा प्रमुख तथा उपप्रमुखमा, नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा महाप्रसाद सुवेदी र सुनिता क्षत्री र मंगोल नेशनल अर्गनाइजेसनका सूर्यबहादुर थापा र तिरथ गुरुङले प्रमुख तथा उपप्रमुखमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

सदरमुकामसँगै रहेको पुतलीबजारमा अन्य ११ पालिकामध्ये सबैभन्दा बढी २ सय ६० जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए । जिल्लाभर दर्ता गराएकामध्ये ९२ जनाले फिर्ता लिएका छन् । ५ नगरपालिका र ६ गाउँपालिकामा ५ सय ७ स्थानीय जनप्रतिनिधिका लागि १ हजार ५ सय ४७ ले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रमुख÷अध्यक्षमा १४, उपप्रमुख÷उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र खुला, महिला र दलित सदस्यमा गरी विभिन्न दल तथा स्वतन्त्रबाट ५५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width