कस्केली अधिकृत समाजको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७९
kaskeli adhikrit2

पोखरा । कस्केली अधिकृत समाजले नयाँ वर्ष–२०७९ को क्यालेन्डर लोकार्पण एवं शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, सल्लाहकार दुर्गाबहादुर शाह बाबा, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, विश्वनाथ पराजुली, कर्मचारी मिलन केन्द्रका अध्यक्ष केदार बराल लगायतले क्यालेन्डरको सामूहिक रुपमा लोकार्पण गरे । क्यालेन्डरमा पोखराको मौलिकता झल्कने किसिमका तस्बिरसमेत उल्लेख छ ।

समाजका अध्यक्ष सुवेदीले नयाँ वर्षले सबैमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । विभिन्न रचनात्मक कार्यक्रमका साथ समाजका गतिविधि अघि बढाउने बताउँदै उनले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताए ।
समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार दुर्गाबहादुर शाह बाबाले नयाँ वर्षले प्रत्येक नेपालीमा सुख शान्ति ल्याउने र महामारीजन्य प्रकोप अन्त्य हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सल्लाहकार कृष्णकान्त सिग्देल, डा.दीर्घनाथ ढुंगाना, भगवान् पन्त, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, विश्वनाथ पराजुली, डा. कालु शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष लोकनाथ दवाडीले स्वागत र सचिव महेश पौडेलले सञ्चालन गरेका थिए । उक्त अवसरमा जिल्ला समन्वय अधिकारी नवराज बराल र रुपा गाउँपालिकाका शाखा अधिकृत लोकनाथ पौडेललाई समाजको आजीवन सदस्यता प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width