फाइल फोटो
मङ्गलबारे । इलाममा एक महिलाको शव गाडेको अवस्थामा आज फेला परेको छ । इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको हो । विगत तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
महिला हराएपछि आफन्त तथा स्थानीयवासीले खोजी गर्न थालेका थिए । खनेको ठाउँ देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले छोपिएको देखिएको बताउनुभयो । उहाँले पुरिएको शव निकालेको बताउनुभयो ।
हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । बिनिताको श्रीमान्को दुई वर्षअघि विदेशमा मृत्यु भएको परिवारको भनाइ छ । उहाँहरूको चार वर्षीया एक छोरी रहेको बताइएको छ । घटना कसरी भयो भन्ने विषयमा इलाम प्रहरीले गम्भीर भएर अनुसन्धान गर्ने इलामका प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ
पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
सुतिरहेको अवस्थामा बाबु र छोराको हत्या
पल शाह बलात्कार प्रकरण: निवेदन एकसाथ पेस गर्नू
पोखरामा ९ जुवाडे पक्राउ
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९