पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार डोलराज (डिआर) पोखरेलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । समृद्ध बिरुवा बनाउन उनले ‘८ ब’ मा आधारित प्रतिबद्धतापत्र बनाएका हुन् ।
उनले ‘कृषि, पर्यटन, सडक पूर्वाधार, सम्बृद्ध बिरुवा निर्माणको आधार’ र ‘आफ्नो लागि सबैले गर्छन्, अरुका लागि केही गरौं’ नारा पनि अघि सारेका छन् । ‘८ ब’ मा बाह्रैमहिना चल्ने सडक, व्यवसायमा युवा, बौद्धिक विकास र विशिष्ट व्यवहार, उत्पादनमा वृद्धि छन् । यस्तै व्यावसायिक शिक्षा, वन र वातावरण, बहस र पैरवी, बगैंचा अभियानलाई प्रतिबद्धतापत्रमा समेटिएको छ ।
चुनाव जिते प्रतिवद्धता पूरा गर्ने भन्दै उनले बिरुवाबासीको चाहना र इच्छाअनुुसार विकास निर्माणका कामलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने बताए । बिरुवामा कांग्रेससहित गठबन्धनको चुनावी तालमेल छ । जसअनुसार अध्यक्षमा कांग्रेसबाट पोखरेल र उपाध्यक्षमा माओवादी केन्द्रका थमन गुरुङ उम्मेदवार छन् ।
२०७४ को निर्वाचनमा नेकपा एमालेका चुनप्रसाद शर्मा अध्यक्षमा निर्वाचित भएका थिए । उनले कांग्रेसका चौबहादुर गुरुङलाई १ हजार ५३ मतले पराजित गरेका थिए । शर्माले ४ हजार ४ सय ३ मत ल्याउँदा गुरुङले ३ हजार ३ सय ५० मत ल्याए ।
अध्यक्षका उम्मेदवार पोखरेल अबको विकल्प कांग्रेसमात्र भएको भन्दै आफूले चुनाव जित्नेमा विश्वस्त छन् । विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध पोखरेल पत्रकार महासंघ कास्कीमा पूर्व कोषाध्यक्ष भइ काम गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१