पोखरा । पोखरा १० सुनकोसी टोलबासीले वडामा अघिल्लो स्थानीय सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । वडाभित्र ढल नालाको मुख्य समस्या भएको र विगत ५ वर्षदेखि वडा कार्यालयमा धाउँदा पनि आफूहरुलाई बेवास्ता गरेको उनीहरुको भनाइ थियो । सुनकोसी टोलवासीले शनिबार नेकपा एमाले पोखरा १० का उम्मेदवारहरुलाई आफ्नो टोलमा बोलाएर आफ्नो गुनासो पोख्ने क्रममा उक्त कुरा बताएका हुन् ।
सो अवसरमा सुनकोसी टोल विकास संस्थाका अध्यक्ष सूर्य रानाले टोल भएर बग्ने नहरकुलोमाथि जाली राख्नका लागी वडासँग पहल गर्दा कुनै चासो नदेखाएको बताए । घर बस्तीको अगाडिबाट बगेको नहर खुला हुँदा बालबालिका र वृद्धवृद्धालाई सुरक्षाको उच्च जोखिम हुने भएकाले आफूहरुले हरेक वर्ष वडामा जाली राख्नका लागि पहल गरेको भए तापनि कुनै सुनुवाई नभएको आरोप लगाए ।
सुनकोसी टोल विकास संस्थाकी सचिव दीपा थापा मगरले सुनकोसी टोलमा थ्रीफेज लाइन नहँुदा कोरोना महामारीमा अक्सिजन मेसिनबाट अक्सिजन दिन नसकेको गुनासो पोख्दै अब चुनिने जनप्रतिनिधिले पहिलो प्राथमिकतामा वडाभित्र थ्री फेज लाइन जडान राख्नुपर्ने माग गरिन् ।
एमालेले वडामा महिला उम्मेदवारहरु ८० प्रतिशत उठाएर महिला समावेशिताको उच्चतम प्रयोग गरेकोमा प्रशंसा गर्दै उम्मेदवारलाई जुनसुकै हालतमा जिताउन आफ्नो टोल लागिपर्ने बताइन् ।
त्यस्तै स्थानिय लक्ष्मण हुमागाइले आफ्नो घर अगाडि नालाको उचित प्रवन्ध नहुदा वर्षा याममा बाटोवाट भएर बग्ने नहरको पानी घरभित्र छिर्ने र आवतजावतमा समेत समस्या पार्ने भएकाले उक्त कार्यलाई अव आउने जनप्रतिनिधीले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने वताए । देशैभरि एमालेको जनलहर र पार्टी प्रतिको विश्वास वढ्दै गएकोले सचेत मतदाताले एमालेका उमेदवारलाई जिताउन लागी पर्नुपर्ने उनको भनाइ रहेको थियो । लगातार तीन कार्यकाल यस वडामा नेपाली कांग्रेसबाट जनप्रतिनिधीहरु चुनिएर आएतापनि खासै जनताले महशुस गर्नेगरी कुनैपनि काम नगरेकोले यस पटक नेकपा एमालेका उमेदवारलाई जिताएर वडाको बिकासमा जोड दिन समेत स्थानियहरुले माग गरेका थिए ।
सो अवसरमा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार पवित्रादेवी गुरुङले सुनकोसी टोलको समस्या आफुले नजिकबाट नियालेकाले पहिलो प्राथमिकतामा राखेर आफुले काम गर्ने वताइन । सो अवसरमा उमेदवार सदस्यहरु सीमा राई गुरुङ, शान्ति देवी परियार, शान्ति सुवेदी र कुमार थिङ तामाङ लगायतले आ आफ्नो प्रतिवद्धता जाहेर गरेका थिए । निर्वाचन परिचालन मुल आयोजक कमिटिका संयोजक सूर्य बहादुर वानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोखरा महानगर कमिटि सदस्य तथा वडाका इन्चार्ज लिलाधर अधिकारीले वोलेका थिएभने कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन मुल आयोजक कमिटि प्रचार प्रसार उपसमिति संयोजक राजु श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१