पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले जिल्ला प्रवक्तामा युवा नेता अरुण गिरीलाई नियुक्त गरेको छ । पार्टीको जिल्ला कमिटी बैठकले उनलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले जानकारी दिए ।
पार्टीले अब जिल्लाको सम्पूर्णखाले सूचना र जानकारी प्रवक्तामार्फत दिइने पनि बैठकले निर्णय गरेको छ । अध्यक्ष गुरुङले गिरीजस्तो युवालाई पार्टीको जिल्ला प्रवक्ता नियुक्त गर्न पाउँदा आफू पनि निकै खुसी भएको बताए । लामो समयदेखि राप्रपासँग नजिक रहेका गिरी केही दिन अगाडि मात्रै औपचारिक रुपमा राप्रपा प्रवेश गरेका थिए ।
राप्रपा नेता अरुण गिरीले पार्टीले आफूलाई गरेको भरोषाले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए । ‘पार्टीले जुन विचार बोकेर अगाडि बढेको छ त्यसलाई सशक्त रुपमा स्थापित गर्ने मेरो लक्ष्य हुनेछ ।’ राप्रपा कास्कीको प्रवक्ता भैसकेपछि गिरीले भने, ‘राप्रपा लक्षित भ्रमहरु अन्य दल र वैचारिक संगठनहरुले जसरी नकारात्मक रुपमा फैलाइरहेका छन् । त्यो भ्रम चिर्नका लागि म सदैव लाग्नेछु । राप्रपा जनताको पार्टी हो र जनतालाई विकल्प दिन सक्ने पार्टी राप्रपा मात्रै हो भन्ने कुरा पुष्टी गर्ने गरि मैले काम गर्नेछु ।’
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१