वडाध्यक्ष जिते बाख्रापालनमा अनुदान दिने घोषणा

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७९
goat

पोखरा । पोखरा १८ मा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार राजु शर्मा तिमिल्सिनाले जनताको जीवनस्तर सुधारका लागि बाख्रापालन व्यवसायमा विशेष अनुदानको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

उनले बाख्रापालन व्यवसायमा लागेकामध्ये १ देखि २० वटासम्म पाल्नेलाई प्रतिबाख्रा १ हजार दरले प्रत्येक वर्ष अनुदान दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले आफू निर्वाचित भए सरकारी सेवा सुविधावापत प्राप्त रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरिसकेका छन् ।

पोखरा १८ को विभिन्न बस्तीमा बिजुली जडान गर्ने, घरघरमा धारा जाडान गर्ने लगायतका काम गर्दे आएका छन् । आफू सधैं जनताको सेवामा नै खटिने भन्दै आफू वडाध्यक्षको उम्मेदवारी दिएको भन्दै आफूलाई भोट दिएर जिताउन पनि अनुरोध गरे ।

उक्त वडामा महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमवीर पुनले उम्मेदवारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width