‘गठबन्धन सरकार जनतामारा सरकार’

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७९
bhim karki

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज भीम कार्कीले वर्तमान गठबन्धन सरकार जनतामारा सरकार भएको आरोप लगाएका छन् । कार्कीले नेकपा एमाले प्रचार विभागले गरेको स्थानीय तह निर्वाचन केन्द्रित फेसबुक लाइभमा आरोप लगाएका हुन् । उनले दिनदिनै इन्धनको मूल्यसँगै महँगी बढाएर देउवा सरकारले जनताको ढाड सेक्ने काम मात्रै गरेको जिकीर गरे । सामान्य सरकार सञ्चालनको अभिभारा समेत पूरा गर्न नसक्ने सरकारका सहयात्री दलहरु एमालेको लोकप्रियतादेखि आत्तिएर अनेकन भ्रम सिर्जना गर्न लागिपरेको उल्लेख गरे ।

केपी ओली नेतृत्व सरकारमा भूमि आयोगका प्रवक्तासमेत रहेका कार्कीले जग्गा पाउनै लागेका १७ लाख अव्यवस्थित तथा सुकुकबासीलाई गठबन्धन सरकारले भूमिहीन बनाएको आरो लगाए । उनले भने, ‘भूमिहीनलाई जग्गा दिने अन्तिम तयारी गर्दै थियौं, तर ओली सरकारको निर्णय यो सरकारले हतासमा रोक्दै आयोगलाई विघटन गरी आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनायो ।’

यसपटकको निर्वाचनमा कास्कीका ५ पालिकामा नेकपा एमालेले प्रमुख, उपप्रमुख दुवै पदमा बाजी मार्र्ने दाबी गरे । त्यस्तै सबै पालिकाका दुई तिहाइभन्दा बढी वडामा जीत सुनिश्चित भइसकेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width