मनकारी मिनबहादुरको माछापुच्छ्रे हाँक्ने हुटहुटी

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७९
279098401_273540701564554_7469828208321410062_n

माछापुच्छ्रे । कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले मिनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मनकारी छवि बनाएका मिनबहादुरलाई पालिकावासीले समाजसेवीको रुपमा पनि चित्रित गर्छन् ।

असल सामाजिक व्यक्तित्व, विभेदरहित व्यवहार र शालिन प्रस्तुती भएकै कारण उनलाई गाउँपालिका अध्यक्षका लागि टिकट दिइएको पार्टी वृत्तमा चर्चा हुने गरेको छ । कास्की क्षेत्र नं ३ तरुण दलको सभापति भएर युवाको सफल नेतृत्व गरिसकेका मिनबहादुरलाई गाउँपालिकामा भूगोल अनुरुपको विकास र समृद्धि ल्याउने हुटहुटी छ ।

उनी भन्छन्, ‘महत्वकांक्षी योजनाहरुमा समय खेर फाल्ने मनसाय मेरो छैन । पालिकावासीले प्रत्यक्ष अनुभुत गर्ने र कार्यकालमा सक्ने योजनाहरु छन् ।’ विशेषतः शिक्षा, स्वास्थ्य,कृषि र पर्यटनमा गाउँपालिकालाई अब्बल बनाउने उनले बताए । शिक्षा नै सर्वोपरी भएको जनाउँदै उनले भने,‘हामीले हालसम्म सञ्चालनमा रहेका सरकारी विद्यालयलाई थप स्तरोन्नती गर्ने योजना बनाएका छौँ । अहिले १० कक्षासम्म सञ्चालन भइरहेका हरेक विद्यालयलाई थप व्यवस्थित गर्दै प्लस टू तहसम्म सञ्चालनमा ल्याउनेछौँ ।’

महत्वकांक्षी योजनाहरुमा समय खेर फाल्ने मनसाय मेरो छैन । पालिकावासीले प्रत्यक्ष अनुभुत गर्ने र कार्यकालमा सक्ने योजनाहरु छन्

माध्यमिक तह सम्मका हरेक विद्यालयमा स्टाफ नर्सको व्यवस्था गर्दै विद्यार्थीको स्वास्थ्य प्रोफाइलको काम अघि बढाउने उनको भनाई छ । गाउँपालिकामा ६० वर्ष माथीका वृद्धवृद्धाको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा निशुल्क गर्ने उनको योजना छ । ४० वर्ष माथिकालाई प्रत्येक ६ महिनामा निशुल्क मधुमेह परिक्षणसँगै प्रत्येक वडामा ‘गाउँपालिका अध्यक्ष/उपाध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गरिने उनले बताए । ‘स्वास्थ्य नै धन हो भनिन्छ नि । हो, हामी यो कुरामा पनि संवेदनशिल छौँ । पालिकाका प्रत्येक स्वास्थ्य संस्थामा बेसिक इमर्जेन्सी अब्सट्रेटिक केयर सुरु गराइहाल्छौँ । महिलाहरुको हकमा पाठेघरको क्यान्सरको खोजड्ताल गरि उपचारको व्यवस्था गर्छौँ’, उनले भने ।

माछापुच्छ्रे गाउँपालिका कृषिका लागि उर्वर भूमी हो । पालिकावासीलाई कृषिमा आकर्षण गर्नेगरी पकेट क्षेत्र बनाएर विशेष प्याकेज ल्याउने उम्मेदवार मिनबहादुरको योजना छ ।कृषिलाई थप आधुनीकिकरण गर्दै एग्रो टुरिज्मको अवधारणा अघि बढाइने उनले बताए । नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाका वर्तमान उपसभापति समेत रहेका मिनबहादुर पालिकाको आर्थिक समृद्धिका लागि पर्यटनलाई थप उचाइमा पुर्याउन विविध योजना तयार रहेको जनाए ।

‘पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि यहाँ केही हुन सकिरहेको छैन । ठोस कार्ययोजना बन्न सकेन । हामी ठोस व्यवहारीक योजनासहित अघि बढ्छौँ’, उनले सुनाए । माछापुच्छ्रे नमुना पैदल मार्ग र मार्दी हिमाल पदयात्रालाई जोडेर पर्यटकको बसाई लम्ब्याउँदै स्थानीय जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने गरि विकास गर्ने उनको योजना छ । भन्छन्‘अझै पनि माछापुच्छ्रे नमुना पैदल मार्गको प्रचारप्रसार अभाव छ । हामीले माछापुच्छ«े र मार्दी पदयात्रालाई जोड्यौँ भने पर्यटकको बसाई लम्बिनेमा दुई मत छैन । त्यति मात्र होइन, क्यानोइङ, रक क्लाइम्बिङ, प्याराग्लाडिङ लगायतका साहसिक पर्यटकिय गतिविधिलाई पनि थप चलायमान बनाइने छ ।’

पर्यटनसँगै जोडिएको होमस्टे लाई थप प्रवद्र्धन र प्रचारप्रसार गर्दै स्थानीय उत्पादन खपत हुनेगरी कार्ययोजना अघि बढाउने उनको भनाई छ । पर्वतारोहण पारखीको ध्यान केन्द्रित हुनेगरी अन्तर्राष्ट्रिय स्तरको ‘पर्वतारोहण अध्ययन केन्द्र’ सञ्चालनमा ल्याउने उनको दाबी छ । मार्दी हिमाल ट्रेकका व्यवसायीहरुकालागि गाउँपालिकाले अभिभावकत्व लिँदै थप व्यवस्थित त संरक्षण गर्ने आफ्नो योजना रहेको मिनबहादुरले सुनाए । उनले ग्रामीण सडकहरुलाई स्तरोन्नती गर्दै आवश्यक क्षेत्रहरुमा नयाँ ट्रयाक खोलिने उल्लेख गरे ।

पालिकाका सबै क्षेत्रलाई सडक सम्पर्कमा ल्याउने उनको योजना छ । माछापुच्छ्रे गाउँपालिकामा रहेका बालुवा, गिट्टी, ढुङ्गा लगायतका खानीहरुलाई नीति अनुरुप कडाई एवं व्यवस्थित गरिने उनको भनाई छ । यस्तै खानेपानीका लागि तत्काल कार्यान्वयनमा लैजाने गरि विविध योजना तयार गरिएको उनको दाबी छ ।

Related News

सम्बन्धित समाचार

  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…
  • दीपक समीप पुरस्कृत

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य…

hero news full width

trending post

ट्रेन्डिङ्ग