पोखरा । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा शनिबार शुभारम्भ भएको छ ।
मातातीर्थ औंसी अवसरमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट स्टोर उद्घाटन गरे । भक्तपुरमा मुख्यकार्यालय रहेको यस सहकारीले देशको ३९ जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।
कार्यक्रममा प्रजापतिले युवालाई स्वदेशमै रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे ।
शिवशिखर बहुउद्देश्यीय सहकारी अध्यक्ष सुशील बानियाँले ५ वर्षभित्रमा ५ सय डिपार्टमेन्टल स्टोर्स देशभरी खोल्ने र युवालाई प्रमुख प्राथमिकताका साथ रोजगारी दिने दाबी गरे । उनले भने, ‘अहिले पनि यस सहकारीले ७ सय बढी युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गरेको छ भने सर्वसाधारण जनतालाई सुपथ र सुलभ तरिकाले दैनिक आवश्यक सामग्री उपलब्ध गराउँदै आइरहेको छ ।’
सो अवसरमा कास्की ज्येष्ठ नागरिक ११२ वर्षीया गौरी आचार्यलाई सम्मान गरिएको थियो । उनको जन्म १९६६ चैतमा कास्कीको धितालमा भएको हो । कार्यक्रममा डिपार्टमेन्टल स्टोर्स कर्मचारी सुशीला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१