पोखरा । लुम्बिनी विकास बैंकले शनिबार पोखरामा वित्तीय जनचेतनामूलक प्रभातफेरी गरेको छ । बैंकको पोखरा क्षेत्र आसपास लगायत अन्य विभिन्न शाखाहरु तथा केन्द्रीय कार्यालयबाट समेत कर्मचारीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
बैंकको पोखरा न्युरोड शाखाबाट सुरु भएको प्रभातफेरी चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पुन न्युरोड शाखामा आएर सम्पन्न भएको थियो ।
बैंकको सञ्चालक समिति अध्यक्ष दशरथ रिसालले प्रभातफेरी उद्घाटन गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले सर्वसाधारणहरुमा वित्तीय पहुँचको विस्तार होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बताए ।
लुम्बिनी विकास बैंक लिमिटेडले आम सर्वसाधारणहरुमा वित्तीय पहुचको विस्तार होस् भन्ने उद्देश्यले विभिन्न वित्तिय साक्षरता सम्वन्धित जनचेतनामूलक गतिविधि गर्दै आएको छ ।
‘निरन्तर सहयात्रा’ नाराका साथ देशभरका विभिन्न शाखाहरुबाट ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको सिइओ नरेशसिंह बोहराले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१