पोखरा । एमाले पोखरा २१ ले वडामा पार्टीको निर्वाचन परिचालन कमिटी कार्यालय स्थापना गरेको छ ।
पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य चन्द्रबहादुर रोकाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य केशव आचार्य, जिल्ला कमिटी सदस्य अर्जुन गिरी लगायतले पोखरा २१ मा एमाले सबल, सक्षम र शक्तिशाली रहेको बताउँदै उक्त शानलाई जोगाउन जनमुखी काम गर्नुपर्ने बताए ।
वडाध्यक्षका उम्मेदवार दीपक सुवेदीले चुनाव जितेपछि सबैको साथ र सहयोगमा आगामी ५ वर्षमा २१ लाई नमुना वडा बनाउने बताए ।
वडा कमिटी अध्यक्ष तथा चुनाव प्रचार समिति संयोजक राजेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खगराज न्यौपानेको स्वागत र सचिव रोशन भट्टराईले संचालन गरेका थिए ।
यसैबीच, एमाले पोखरा २६ का उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका छन् । कार्यक्रममा एमाले संगठन प्रमुख खगराज अधिकारीले जसरी भए पनि एमाले नै जिताउन र गठबन्धनको औचित्य नभएको बताए । चुनाव प्रचार प्रचार समिति संयोजक रामचन्द्र तिमिल्सिनाले एमालेका सम्पूर्ण उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताए ।
चुनाव प्रचार समिति संयोजक तथा पोखरा २६ वडा कमिटी अध्यक्ष रामचन्द्र तिमिल्सिनाको नेतृत्वमा घरदैलो सुरु भएको हो ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१