पोखरा । पोखरा ५ जिरोकिमीस्थित फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाले पोखरा १३ भद्रकालीचोकमा सेवा केन्द्र सुरु गरेको छ । यसअघि सिर्जनाचोकमा पनि सेवा केन्द्र सञ्चालन गरेको थियो ।
स्थापनाको २३ औं वर्षमा वैशाख १५ देखि भद्रकाली चोकमा सेवा केन्द्र स्थापना गरी पूर्वी क्षेत्रका सदस्यलाई सेवा प्रदान गर्ने उद्देश्य राखिएको सहकारीले जनाएको छ ।
पूजापाठका साथ सहकारीका अध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङ र उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले सेवा केन्द्र शुभारम्भ गरे । संस्थाका अध्यक्ष चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका प्रमुख हीरामाया गुरुङलाई स्वागत गरिएको थियो ।
सेवा केन्द्र शुभारम्भको दिनमै २ करोड ५० लाख रूपैयाँ फिक्स डिपोजिट संकलन गर्न सफल रहेको केन्द्रका प्रमुख हीरामाया गुरूङले बताइन् । कार्यक्रममा सहकारीका प्रमुख कार्यर्कारी अधिकृत हरिभक्त पौडेल, रामबजार सोसाइटी युकेका वरिष्ठ सल्लाहकार महेश गुरुङ, सोसाइटी युकेका पूर्व अध्यक्ष रूपक गुरुङ, याङ्जाकोट तमु समाज पोखराका अध्यक्ष सु. चन्द्रप्रसाद गुरुङ, नादा तमु समाज पोखराका अध्यक्ष ईश्वर गुरुङ, सस्थाका सचिव डिलबहादुर भट्टराई र संस्थाका कोषाध्यक्ष शेरकाजी गुरुङलगायतले बोलेका थिए ।
संस्थाका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले स्वागत र प्रबन्धक जगन तिमल्सिनाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आँगन सहकारीको पाँचौं साधारणसभा
निःशुल्क स्वास्थ्य शिविर
सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य
सापकोटा कल्याण केन्द्रको साधारणसभा
पूर्व कर्मचारी सहकारीको साधारण सभा
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१