पोखरा । नेपाली कांग्रेसका उम्मेदवारको कास्कीको मादी गाउँपालिका वडा २, ताङतिङमा शुक्रबार परिचयात्मक कार्यक्रम भएको छ । कांग्रेस मादी गाउँपालिका २ वडा इकाइको आयोजनामा सो कार्यक्रम भएको हो ।
गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फबाट कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका लालबहादुर गुरुङ उम्मेदवार छन् । गठबन्धन नगरिएको मादी वडा २ मा भने कांग्रेसका भोजबहादुर गुरुङ अध्यक्षसहित सदस्यमा राम गुरुङ, कृष्णप्रसाद सापकोटा, महिला सदस्य मुहानकुमारी गुरुङ र दलित महिला सदस्य देवी बिक चुनावमा होमिएका छन् ।
कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य सरस्वती गुरुङले एमालेले ५ वर्षमा गरेको गल्ती सच्याउन गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरिन् । चुनावी रणनीति र नयाँ योजनाका विषयमा कार्यकर्तालाई जानकारी गराउँदै सुझबुझसाथ जनताको माझमा जान र प्रचार अझ प्रभावकारी बनाउनुपर्ने बताइन् ।
लोकतन्त्र स्थापित गर्न र समृद्ध मादी निर्माणमा स्थानीय सरकारमा कांग्रेससहितको गठबन्धनको नेतृत्व आवश्यक रहेको बताइन् । ‘२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेर पनि जनातका आधारभूत आवश्यकता पूरा गर्न सकेन,’ उनले भनिन्, ‘पहिला जुन भुल गरियो, अब गर्न हुँदैन सही मान्छे चिनेर भोट गर्न आग्रह गर्दछु ।’
कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार देवीजंग गुरुङ र उपाध्यक्षका उम्मेदवार लालबहादुर गुरुङले चुनाव जिते विकास निर्माणसँगै संस्कृति संरक्षणमा जोड दिने प्रतिबद्धता जनाए । साथै कृषि, पर्यटन, युवा, महिला, बालबालिका, अशक्त, असहाय, दलित र वृद्धवृद्धाको हितमा काम गर्ने उनीहरुको प्रतिबद्धता थियो ।
परिचयात्मक कार्यक्रममा मादी २ का वडाध्यक्षका उम्मेदवार भोजबहादुर गुरुङलगायत सदस्यले वडाको विकासमा तल्लिन हुने बताए । कार्यक्रममा पूर्व प्रधानपञ्च देवीजंग गुरुङ, वडा इकाइ सभापति मन्त्रीजंग गुरुङ, लालबहादुर गुरुङ, नेपाल सांस्कृतिक संघ, गण्डकीका सहसंयोजक कृष्णकुमार गुरुङ, मादी पालिका सभापति यमबहादुर गुरुङ, प्रदेश सचिव सरोज केसी, कास्की जिल्ला सदस्य अर्जुन गुरुङ, प्रदेश उपसचिव महेन्द्र गुरुङ लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१