पोवि अस्पताल निर्माण अन्तिम चरणमा

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७९
hospital

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । विश्वविद्यालयले पोखरा–३०, ढुंगेपाटनमा १ सय शैयाको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्ने सम्बन्धमा सम्झौता गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट, ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच सो सम्झौतापत्रमा हस्ताक्षर भयो ।

आइईले अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्न सक्ने सम्भावित वातावरणीय प्रभाव चाहे त्यो सकारात्मक वा प्रतिकूलहोस्, त्यसको पहिचान, सम्भावना र विश्लेषण गर्नेछ । प्रतिकूल प्रभाव न्युनीकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रित हुने जनाइएको छ ।

पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा बृहत् योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकोले विश्वविद्यालयले हालको छात्रावास परिमार्जन गरी अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको सूचना अधिकृत लोकप्रसाद ढकालले जनाए । उनका अनुसार छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १ सय शैयाको अस्पतालको रूपमा प्रयोग गर्ने योजना स्वरूप विश्वविद्यालयले बोलपत्र समेत आव्हान गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग