गठबन्धन रहर नभई बाध्यता: पूर्वमन्त्री थापा

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७९
congresh pok 26

पोखरा । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री यज्ञबहादुर थापाले स्थानीय तह चुनावमा गठबन्धन रहर नभई बाध्यता भएकाले सोहीअनुसार बुझन र बुझाउन कार्यकर्तालाई अनुरोध गरेका छन् ।

नेकपाको सत्तामोह र केपी ओलीमा देखिएको घमण्डका कारण सिर्जित गठबन्धन केन्द्रमा मात्र सीमित नभई तल्लो तहसम्म आएकाले आफ्नो पार्टीको केन्द्रीय निर्देशन पालन गर्दै सम्मिलित भएर अघि उनको आग्रह छ ।

कांग्रेस पोखरा २६ ले शुक्रवार खरानेफाँटमा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले चुनाव जित्नका लागि जसरी गठबन्धन गरिएको छ, त्यसैगरी विकास निर्माणका काममा पनि साझा भावनाले अघि बढ्न पनि सुझाव दिए ।

पोखरा महानगरमा उपमेयर उम्मेदवार कोपिला रानाभाटले आफ्नो जीवन देश र जनताका लागि समाहित गरेकाले अब पनि २४ सै घण्टा जनताको काममा लाग्ने प्रतिबद्धता जनाउँदै लेखनाथको चेलीका रुपमा सम्झेर सहयोग गर्न आग्रह गरिन् ।

वडा २६ का इकाइ सभापति शिवबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस प्रदेश सदस्य चन्द्रबहादुर रानाभाट, वडा २६ वडाध्यक्षका उम्मेदवार नरेन्द्र थापा लगायतले चुनावमा कांग्रेसलाई मत दिन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width