कांग्रेसका वागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट स्वत निष्काशित

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७९
congress

पोखरा । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध वागी उठ्ने व्यक्ति पार्टीबाट स्वत निष्काशित हुने भएका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय आज वैशाख १६ गते शुक्रबार विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह आग्रह गरेका छन् ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग