मतदान केन्द्र तोकिएका विद्यालय ३ दिन बन्द रहने

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७९
Election Commision Nepal1

पाेखरा ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने भन्दै मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन भौतिक रूपमा पठनपाठन बन्द गर्न आग्रह गरेको हो।

आयोगले त्यस्ता विद्यालयहरू २८ वैशाखदेखि ३० वैशाखसम्म उपयोग गर्नुपर्ने भएकाले विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन पनि सरकारसमक्ष अनुरोध गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width