पोखरा । पोखराकी गंगा थापा कोइरालाले आफ्नो ४६ औं जन्मदिन सहारा एकेडेमीमा सहयोग गरी मनाएकी छन् ।
सहारा क्लब पोखराद्वारा पोखरा–१७, दोबिल्लामा संचालित एकेडेमीका बालकको निम्ति २५ हजार बराबरको खाद्यान्न र नगद ५ हजार गरी २५ हजार रुपैयाँ उनले सहयोग गरिन् । उनले खाद्यान्नतर्पm चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, कोक सहयोग गरेको क्लबका पूर्व अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
जनप्रिय मावि, सिमलचौरको एसएलसी ब्याच–२०५९ का सदस्यको आयोजनामा भएको कार्यक्रममा गंगाले एकेडेमीले यसअघि नै सहयोग गर्ने चाहना हुँदाहुँदै जन्मदिनसँगै मातातीर्थ औंशी सन्दर्भमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।
कार्यक्रममा सो ब्याचका चन्द्र गिरी, केशवबहादुर थापा, रुद्रप्रसाद पराजुली, अनिल कार्की, हेमन्त कार्की, मनोज अधिकारी, सरस्वती गुरुङ, मुना राना कोइराला, नीरञ्जन बजिमय, बाबुराम बिक लगायतको सहभागिता थियो ।
सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रममा क्लबका आजीवन सदस्य मनोज थापा र रविन श्रेष्ठको पनि उपस्थिति थियो । एकेडेमीमा हाल २२ बालक छन् ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१