माछापुच्छ्रे टोल विकासको भित्तेपात्रो

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७९
machha

पोखरा । माछापुच्छ्रे टोल विकास संस्था, पोखरा ७ ले नयाँ वर्ष अवसरमा शुभकामना, स्नेहमिलनसहित भित्तेपात्रो विमोचन गरेको छ ।

वडाध्यक्ष रामचन्द्र बराल, संस्थाका अध्यक्ष मित्रबन्धु शर्मा भट्टराई, पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य एवं संस्थाका सल्लाहकार ओम गौचन, वडा सदस्य दीनबन्धु पोखरेल र वडा सदस्य किशोर बरालले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेका हुन् ।

कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य एवं भितेपात्रो प्रकाशन समिति संयोजक सम्राट गुरुङले सम्पूर्ण सहयोगी विज्ञापनदातालाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रामचन्द्र बराल, वडा सदस्य किशोर बराल, टोलका सल्लाहकार गोपालकृष्ण पौडेल, अमृत बराल, दीनबन्धु पौडेल, माछापुच्छ्रे महिला क्लबका अध्यक्ष गीता बराल, ओम गौचन, संस्थाका उपाध्यक्ष आत्मराम पौडेल, सचिव लोकनाथ काफ्ले, कार्यसमिति सदस्य विनोद शर्मा भट्टराई, वन्दना कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width