स्याङ्जामा तेब्बर बढी उम्मेदवारी दर्ता

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७९
bhawani

स्याङ्जा । स्थानीय तह निर्वाचन–२०७९ मा स्याङ्जामा पालिकाका आवश्यकभन्दा तेब्बर बढीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकामा गरी ५ सय ७ आवश्यक जनप्रतिनिधिमा १ हजार ५ सय ४७ को उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार नगर प्रमुख तथा गाउँ अध्यक्षमा ११ जना आवश्यक रहेकोमा ६७ जनाको उम्मेदवारी दर्ता छ । नगर उपप्रमुख तथा गाउँ उपाध्यक्षमा पनि ११ जना आवश्यक रहेकोमा ५० को उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी, ९७ वटा वडामा ३ सय ५१ जनाले वडाध्यक्षमा मनोनयन दिए । सदस्यमा ५ सय ८० जना, महिला सदस्यमा २ सय ६५ जना र दलित महिला सदस्यमा २ सय ३४ जना गरी कुल १ हजार ५ सय ४७ को उम्मेदवारी दर्ता भएका छन् ।

जिल्लाका ११ स्थानीय तहमा ५०७ आवश्यक जनप्रतिनिधिमा १५४७ को उम्मेदवारी

सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा २ सय ६० जनाले र सबैभन्दा कम फेदीखोला गाउँपालिकामा ७४ जनाको उम्मेदवारी परेको छ । पुतलीबजार सदरमुकाम सहितको नगरपालिका हो।

यसैगरी, वालिङमा २ सय ५२ जना, चापाकोटमा १ सय ८७ जना, गल्याङमा १ सय ६८ जना, भिरकोटमा १ सय ४७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

गाउँपालिकातर्फ बिरुवामा १ सय २० जना, आँधीखोलामा ९४ जना, अर्जुनचौपारीमा ८४ जना, हरिनासमा ८३ जना, कालीगण्डकीमा ७८ जनाको उम्मेदवारी छ । पुतलीबजार र वालिङका १४÷१४ वटा, गल्याङमा ११, चापाकोटमा १०, भिरकोटमा ९ वटा वडा समेटेर नगरपालिका बनाइएका हुन् ।

यसैगरी बिरुवामा ८, कालीगण्डकीमा ७, हरिनासमा ७, अर्जुनचौपारीमा छ, आँधीखोलामा ६, फेदीखोलामा ५ वटा वडा समेटेर गाउँपालिका बनाइएको छ ।

स्याङ्जामा राष्ट्रिय मान्यताप्राप्त दल १९ भए पनि यहाँ नेकपा एमाले, नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, मौलिक जरोकिलो लगायत पार्टीसहित केही स्वतन्त्र व्यक्तिहरुले समेत उम्मेदवारी दर्ता गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग