पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुद–२०७९ का लागि पोखरामा बिहीबार अन्तत्र्रिmया गरिएको छ । आगामी जेठ २२ देखि २८ सम्म पोखरामा हुने प्रतियोगिता सफल बनाउन पोखराका पत्रकार, खेलाडी, खेलकर्मी र पर्यटन क्षेत्रका व्यक्तिसँग अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङ लगायतको सहभागिता थियो ।
वक्ताले खेलाडी छनोट, आवश्यक पूर्वाधारलगायत कारण देखाउँदै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने–नहुनेमा शंका व्यक्त गरेका थिए ।
कार्यक्रममा खेलकुद मन्त्री गहतराजले प्रतियोगिता सफल बनाउन मन्त्रालय सहयोग गर्न तयार रहेको जनाए । यो वर्ष नेपालका लागि चुनावी वर्ष भएको जनाउँदै प्रतियोगिताको घोषणा उपयुक्त मितिमा भएको जिकिर गरे । उनले नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा आयोजना हुने कुरामा जोड दिए । यसले पोखराको सुस्ताएको पर्यटनसमेत माथि उठाउन सहयोग पुग्ने दाबी गरे । कोभिडपछि हुन लागेको नवौं राष्ट्रिय खेलकुदले पोखरा सुरक्षित छ भन्ने सन्देश विश्वमा प्रवाह हुने उनको भनाइ थियो । गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको यो प्रतियोगिता आफैंमा ऐतिहासिक हो भन्दै उनले प्रतियोगिता सफल पार्न यहाँको व्यवस्थापन सफल हुने र अन्य प्रदेशले समेत यहाँबाट सिक्ने अवसर प्राप्त गर्ने उल्लेख गरे ।
खेलाडी छनोट, आवश्यक पूर्वाधारलगायत कारण देखाउँदै प्रतियोगिता हुनेमा भने आशंका व्यक्त
राखेप सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको मिति घोषणा भएसँगै देशैभर यसले उत्साहित बनाएको बताए । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलसहित केही खेलहरु प्रदर्शनी खेलका रुपमा रहने उल्लेख गरे । ‘यो महोत्सव हो । हामी खेलाडी यसैमा लाग्छौं । खेलकुद र खेलकर्मीका लागि अरु कुरा सहायक हुन्,’ उनले भने, ‘हाम्रो सम्पूर्ण ध्यान प्रतियोगिता सफल बनाउनेतर्फ नै हुनेछ ।’ पोखरेलीलाई आफ्नो घरआँगनमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन र यसमा अपनत्व ग्रहण गर्न समेत उनले आग्रह गरे ।
मन्त्रालयका सचिव डा. रेग्मीले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश सहआयोजक प्रदेशको रुपमा रहेको उल्लेख गर्दै पोखराले पाएको यो अवसर महत्वपूर्ण हुने बताए । आयोजक गण्डकी प्रदेशको नाताले प्रतियोगिता सफल बनाउने दायित्व प्रदेश सरकारको रहेको बताउँदै सचिव रेग्मीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्भवतः कर्णालीमा हुने गरी तयारी भइरहेको समेत जनाए ।
नवौंका लागि प्रस्तावित ३६ खेल प्रदेशको ११ जिल्लामा खेलाइने राखेप कार्यकारिणी सदस्य राजेश गुरुङले जानकारी दिए । जसअनुसार कास्कीमा जिम्न्यास्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलन हुने गरी प्रस्ताव भएको गुरुङले बताए । स्याङ्जामा महिला फुटबलसँगै महिला र पुरुषका फुलकन्ट्याक्ट कराते गर्न प्रस्ताव गरिएको छ । नवलपुरमा महिला र पुरुष कबड्डी, कुस्ती र खो खो खेलको प्रस्ताव भएको छ भने गोरखामा महिला र पुरुष जुडोसँगै सेपाकताक्रो रहेको छ ।
मनाङमा महिला र पुरुष बुद्धिचाल, मुस्ताङमा महिला र पुरुष टेबलटेनिस, बागलुङमा महिला र पुरुष तेक्वान्दो, लमजुङमा महिला र पुरुष कराते, र तनहुँमा महिला र पुरुष बास्केटबल खेलको प्रस्ताव भएको छ । म्याग्दीमा महिला र पुरुष आइटिएफ तेक्वान्दो खेलको प्रस्ताव गरिएको छ । पर्वतमा महिला र पुरुष फेन्सिङ खेलका लागि प्रस्ताव भएको उनले जनाए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९