लमजुङ क्याम्पसमा विद्यार्थी आन्दोलनमा

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९
lamjung campus aandolons

लमजुङ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थी फेरि विरोधमा उत्रिएका छन् । डिन कार्यालयमा ताला लागेको २ साता बित्दा पनि सुनुवाइको संकेत नदेखिएपछि उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीले डिन कार्यालयद्वारा आफ्नो कर्तब्य भुलेर सयौं विद्यार्थीहरूको भविष्यमा खेलबाड गर्ने डिन कार्यालयको योजना, विद्यार्थी संगठन आफैंले मिटिङ बोलाएर परीक्षा साखा खोलिदिने निर्णयसँगै चकनाचुर गरी परीक्षा सञ्चालन गरेको दाबी गरेका छन् ।

विद्यार्थीले विभिन्न प्लेकार्डसहित क्याम्पस परिक्रमा र सांकेतिक आन्दोलन गरेका नेपाल विद्यार्थी संघ लमजुङ क्याम्पस इकाइ सभापति पारश अवस्थीले बताए । उनका अनुसार नेविसंघ मात्र नभई अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस कमिटी अध्यक्ष मीनेन्द्र रेग्मी र अनेरास्ववियु लमजुङ क्याम्पस कमिटी अध्यक्ष परिवर्तन पुरीको नेतृत्वमा विद्यार्थीले दिनहुँ १ घण्टा प्रदर्शन गर्न थालेका छन् । उनीहरूले प्रशासन प्रशासन नै भएको राम्रो शासक हैन, विधि खै विधा खै, अर्को साल त ३० होला नि, हल्ला नगर डिन कार्यालय निदाइरहेको छ, ४० नै किन ? भ्रष्ट पदाधिकारी होसियार लगायतका नारा लगाउनुका साथै प्लेकार्डमा पनि तिनै नारा लेखेर प्रदर्शन गरेका थिए ।

गत चैत २६ मा कृषि स्नातक तहको प्रवेश परीक्षामा परीक्षा दिन इच्छुक एकदमै न्युन परीक्षार्थी रहेको र २६ गते बेलुका नै कपि परीक्षण गरी धेरै विद्यार्थी अनुत्तीर्ण भएकोप्रति विद्यार्थी सचेत भएका छन् । रातारात भर्ना समितिको बैठक बसी र उत्तीर्णलाई ‘फिल्मी शैलीमा’ ५० प्रतिशतबाट ४० प्रतिशतमा झारेको भन्दै हामी विद्यार्थीहरू संयुक्त आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस कमिटी अध्यक्ष मीनेन्द्र रेग्मीका अनुसार गत चैत २८ गते स्नातकोत्तर कमिटीको संयुक्त विज्ञप्तिसँगै डिन कार्यालयमा ताला लागेको हो । ताला लागिसकेको अवस्थामा डिन कार्यालय नजिकिंदै गरेको स्नातकोत्तर द्वितीय सत्रान्तको परीक्षाको सञ्चालनको पहल गर्ने र गल्ती स्वीकार गरी निर्णय फिर्ता लिनेमा विद्यार्थी विश्वस्त रहेकोमा डिन कार्यालयले परीक्षालाई तालाबन्दीको बार्गेनिङको रुपमा प्रस्तुत गरेको भन्दै विद्यार्थी थप आक्रोशित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width