पोखरामा ९ जुवाडे पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९

पोखरा । कास्की प्रहरीले पोखरा–२ अर्चलबोटमा जुवा खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ । साथै जुवाखालबाट १ लाख २४ हजार रुपैयाँ बरामद गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

मंगलबार दिउँसो अर्चलबोटस्थित रामबहादुर पुनको कोठमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ परेको हो । उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा जिल्ला अदालतबाट ८ दिनको म्याद थपी अनुसन्धान थालिएको डिएसपी तिवारीले बताए ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छे« गाउँपालिका १ घर भइ हाल अर्चलबोट बस्ने वर्ष ५० का रामबहादुर पुन, कास्कीको अन्नपूर्ण गाउँपालिका ५ घर भइ पोखरा लामाचौर बस्ने वर्ष २९ का मनोज पुन, पर्वत जलजला गाउँपालिका ५ घर भइ हाल अर्चलबोट बस्ने वर्ष ४८ का चक्र पुर्जा, म्याग्दीको अन्नपूर्ण ३ घर भइ हाल पोखरा रामबजार बस्ने वर्ष ३० की स्वस्तिका पुन छन् ।

यसैगरी, म्याग्दीको रघुगंगा गाउँपालिका ४ घर भइ हाल लामाचौर बस्ने वर्ष २५ का उमेश मगर, म्याग्दीकै अन्नपूर्ण ५ घर भइ हाल लामाचौर बस्ने वर्ष ४० का टेकबहादुर गर्बुजा, म्याग्दीको अन्नपूर्ण ५ स्थायी घर भइ हाल पोखरा ११ बस्ने वर्ष ३२ की दीपा पुन, पोखराको हेमजाका वर्ष ४१ का शिवप्रसाद सापकोटा र सराङकोटका वर्ष ५१ का कृष्ण थापा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width