गोदरेज एप्लायन्सेसको ब्रान्ड एम्बेसडर आयुष्मान

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९
godrej

पोखरा । गोदरेज ग्रुपको प्रमुख कम्पनी गोदरेज एन्ड बाँयसले आफ्नो व्यावसायिक इकाइ गोदरेज एप्लायन्सेसको लागि बलिउड अभिनेता आयुष्मान खुरानालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । गोदरेज एप्लायन्सेसको रेफ्रिजिरेटर, एयर कन्डिसनर, वासिङ मेसिन, डिसवासर, माइक्रोवेभ ओभन र एयर कुलर लगायत थुप्रै उत्पादन छन् ।

अभिनेता खुरानाले यस अप्रिलदेखि गोदरेज ब्रान्डका विभिन्न अभियानमा संलग्न हुने जनाइएको छ । ब्रान्ड एम्बेसडर नियुक्त गर्ने निर्णयपछि गोदरेज एप्लायन्सेसका बिजनेस हेड र कार्यकारी उपाध्यक्ष कमल नन्दीले भने, ‘बढ्दो मागसँगै हामीले हाम्रो ब्रान्ड रिकललाई पनि बलियो बनाउन चाहन्छौं । हाम्रो सावधानीपूर्वक मूूल्यांकनले हामीलाई आयुष्मान खुरानामा पु¥यायो, जसले ब्रान्ड भ्यालु बढाउन प्रभावकारी भूमिका हुनेछ ।’ सो साझेदारीले उपभोक्तासँग जोड्न ‘थिंग्स मेड थाटफुली’ भन्ने हाम्रो ब्रान्ड फिलोसोफी अझ बलियो बनाउन मद्दत गर्ने विश्वास कम्पनीको छ ।

गोदरेज एप्लायन्सेसका एसोसिएट जिएम, निर्यात प्रमुख सलाम सोनामणी सिंहले भने, ‘२ वर्षपछि यो गर्मी मौसममा बजार उछालिएको देख्न पाउँदा हामी खुसी छौं । हामीले हाम्रो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएकाले नेपाल हाम्रा लागि प्रमुख बजार हो । नेपाली बजारको सन्दर्भमा हामीले ३ वर्षमा २५ प्रतिशतको सिएजीआर हासिल गरेका छौं ।’

गोदरेज एन्ड बाँयसको व्यावसायिक इकाइ गोदरेज एप्लायन्सेस भारतको प्रमुख एप्लायन्सेस कम्पनीहरूमध्ये एक हो । गोदरेज एन्ड बाँयस सन् १९५८ मा रेफ्रिजरेटर उत्पादन गर्ने पहिलो भारतीय कम्पनी थियो र त्यस बेलादेखि गोदरेज एप्लायन्सले ‘थिंग्स मेड थाटफुली’ भन्ने नारालाई सार्थकता दिंदै वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, फ्युचरिस्टिक थर्मो–इलेक्ट्रिक कूलिङ सोलुसन, एयर कुलर, डीप फ्रिजर, मेडिकल रेफ्रिजरेटर र हालसालै, युभिसि टेक्नोलोजीमा आधारित कीटाणुनाशक उपकरण र डिसवासरजस्ता अन्य धेरै क्याटगोरीमा आफ्नो पोर्टफोलियो विस्तार गरेको छ ।’

सन् २०१८ सम्म गोदरेज एप्लायन्सेसले आफ्ना उत्पादन लगभग १८ देशमा निर्यात गरिसकेको थियो । सन् २०२२ सम्म संगठनको लगभग ३५ देशहरूमा उपस्थिति छ । गोदरेज एप्लायन्सेस नेपालमा सिजी समूहसँग १० वर्षभन्दा बढी समयदेखि आबद्ध छ । एउटै भिजन लिएर सहकार्य गर्दै दुवै संस्थाले आगामी २ वर्षमा सत्प्रतिशत व्यापार वृद्धि गर्ने लक्ष्य राखेको जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width