पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले गठबन्धन वैशाख ३० गते समाप्त हुने दाबी गरेका छन् ।
एमाले पोखरा १० को चुनाव प्रचारप्रसार समिति कार्यालय बुधबार उद्घाटन गर्दै नेता अधिकारीले गठबन्धनको आयु वैशाख ३० मा सकिने बताएका हुन् ।
केही दल गठबन्धन बनेर एमालेलाई हराउने प्रपञ्चमा लागेको टिप्पणी गर्दै उनले गठबन्धन आफंैमा मिल्न नसकेको र चुनावपछि गठबन्धनको अस्तित्व समाप्त भएर बताए ।
एमाले सरकारको पालामा जत्तिको विकास कुनै पनि सरकारले गर्न नसकेको दाबी गर्दै उनले आसन्न चुनावमा एमालेको विकासलाई नै प्रचार गरेर अगाडि बढ्नुपर्ने बताए । एमालेको सरकारको पालोमा पोखरा विमानस्थल, सडक निर्माण र नागरिकलाई स्वास्थ्य बीमा जस्ता कार्यक्रम ल्याएको भए तापनि गठबन्धनको सरकारले विकासको कामतर्फ नभइ स्वास्थ्य बिमा कार्यक्रमलाई नै रोक्नतर्फ लागि परेकाले उनीहरुको भण्डाफोर गर्दै चुनावी प्रचार प्रसारमा लाग्न आवश्यक रहेको उनको भनाइ रहेको थियो ।
एमाले पोखरा १० कमिटी तथा निर्वाचन परिचालन कमिटी संयोजक सूर्य बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमिटी उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटिका सहसंयोजक सीता तिमिल्सिनाले स्वागत र वडाध्यक्ष उम्मेदवार पवित्रादेवी गुरुङले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेकी थिइन् । कार्यक्रम सञ्चालन कमिटी सचिव तथा प्रचारप्रसार संयोजक राजु श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१