तनहुँ तमु समाजको वार्षिकोत्सवमा सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७९
tanahu tamu samaj

पोखरा । तनहुँ तमु समाज पोखराले २९ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान, ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट बाबा आमा सम्मान, भित्तेपात्रो विमोचन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले कार्यक्रम उद्घाटन गरे । उनले तनहुँ तमु समाज हरेक विधामा उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे ।

समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक सुमे शमशेर गुरुङले शुभकामना समाज स्थापनादेखि वर्तमानसम्म हासिल गरेको उपलब्धिको चर्चा गरे ।

समाजका सल्लाहकार एवं तमु धिं नेपालका सहसचिव गोपाल गुरुङले तनहुँ जिल्लाको चर्चा गरे ।

संस्थाका पूर्व अध्यक्ष एवं उत्कृष्ट बाबा आमा छनोट समिति संयोजक असुमे प्रेमचन्द गुरुङ, कमानसिंह गुरुङले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष मीनबहादुर गुरुङ, स्व.डब्लुओटु रुद्रबहादुर गुरुङ उत्कृष्ट बाबा आमा अक्षयकोषबाट उत्कृष्ट बाबा, आइतबहादुर गुरुङ र उत्कृष्ट आमाबाट कल्पना गुरुङलाई सम्मान गरिएको थियो ।

समाजका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रमबीच तनहुँ तमु समाजको वार्षिक गतिविधि समेटिएको भित्तेपात्रो हुमबहादुर गुरुङ, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक सुमे शमशेर गुरुङ र समाजका अध्यक्ष सोमबहादुर गुरुङले लोकार्पण गरे ।

समाजका अध्यक्ष सोमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तीर्थबहादुर गुरुङले स्वागत र सचिव लेखबहादुर गुरुङले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width