पोखरा । अन्नपूर्ण केवलकार पोखरा प्रालिले केवलकार चढ्ने यात्रु लक्षित गरी सटल बस सञ्चालनमा ल्याएको छ । निशुल्क सञ्चालन गरिएको सो बस सेवा बिहान साढे ४ देखि साँझ ४ बजेसम्म सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
सूर्याेदय अवलोकन गर्ने यात्रुका लागि बिहान साढे ४ बजेबाट लेकसाइड फिस्टेल गेटदेखि नै बस सञ्चालन गर्न लागिएको महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । केवलकारले जारी गरेको तालिकाअनुसार सूर्योदयका लागि लेकसाइडका विभिन्न स्थान हुँदै गाडी केवलकारको बटम स्टेसन पुग्नेछ ।
सूर्योदय अवलोकनपछि यात्रुलाई सेवा दिएपछि उक्त सटल बस पुनः ८ बजेर ३० मिनेटबाट साँझ ४ बजेसम्म सुचारु गरिने छ ।
बिहानी तथा दिउँसो पनि पोखराका विभिन्न स्थानबाट यात्रुलाई सेवा दिइने प्रशासक प्रमुख अरुण कोइरालाले जानकारी दिए ।
गत फागुन ६ देखि सेवा सञ्चालनमा ल्याएको केवलकारले आन्तरिक तथा बाह्य पर्यटकका लागि सूर्योदय र सूर्यास्त अवलोकनको लागि भरपूर उपयोगी हुने कम्पनीको दाबी छ ।
सेदीबगरबाट सराङकोटसम्म साढे २ किमी यात्रा १० मिनेटमा नै तय गर्न सकिनेछ । नेपाली यात्रुका लागि विभिन्न छुट दिंदै आएको केवलकारले विद्यार्थी र ज्येष्ठ नागरिकका लागि २५ प्रतिशत, शारीरिक तथा बौद्धिक अपांगता भएकालाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
यसैगरी, ऋण तथा बचत सहकारीका पदाधिकारी एवं कर्मचारीलाई १० प्रतिशत र बुद्ध तथा यति एयरबाट काठमाडौं–पोखरा यात्रा गर्ने यात्रुलाई बोर्डिङ पास आधारमा १२ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१