पोखरा । झुण्ड्याएर कुकुर मारेको अभियोगमा केही दिन अघि पक्राउ परेका पोखरा–१९ लामाचौरका सुदीप परियारलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै पशु अधिकार अभियान (आर्म) नेपालले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
आर्म नेपालका अध्यक्ष लीलाधर पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्की पुगेको समूहले प्रजिअ जयनारायण आचार्यको ध्यानाकर्षण गराउँदै कुनै पनि पशु मारिनु दुखद घटना भएको भन्दै जनावरको पनि बाँच्न पाउने अधिकार हुने स्मरण गरायो । यातना दिएर पशु मारिनु झनै विडम्बनापूर्ण भएको भन्दै उनले पशु अधिकारको विषय संविधानमा समेत समेटिनुपर्ने माग राखे ।
सो अवसरमा प्रजिअ आचार्यले घटना विवरणप्रति आफू अवगत रहेको भन्दै अभियुुक्तलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको बताए । अदालती प्रक्रियामा गएको विषयलाई बीचमा कसैले पनि दखलअन्दाज गर्न नमिल्ने भन्दै उनले अन्तिम प्रक्रिया फैसला अनुसार अगाडि बढ्ने भनाइ राखे ।
गत चैत १८ गते पोखरा–१६ जोगीमणिमार्गस्थित सार्वजनिक स्थानमा निज परियारले प्लास्टिकको डोरी कुकुरको घाँटीमा पासो लगाई रुखमा झुन्ड्याएर मारेपछि सेती खोंचमा फालेको र उक्त घटनाको भिडियो बनाई सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको घटना विवरण प्रहरीले सार्वजनिक गरेको थियो ।
‘निर्दोष र निरीह कुकुरमाथि गरिएको उक्त निन्दनीय कार्यप्रति गहिरो दुख व्यक्त गर्दै घटनाको चुस्त अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाहीको लागि विनम्र अनुरोध गर्दछु,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१